Siraha Times
ताजा समाचार

एमालेले गर्यो क्षेत्र नं ३ मा उम्मेदवारको नाम सिफारिस

  • भदौ १९, २०७९
  • १२४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटि ३ , प्रदेश सभा निर्वाचन क्षेत्र ३ (क) प्रदेश सभा निर्वाचन क्षेत्र ३ (ख) को संयुक्त वैठकले मंशिर ४ मा हुने आम निर्वाचनका निम्ती उम्मेदवारको नाम सिफारिस गरेको छ । आज विजयनगरमा बसेको संयुक्त वैठकले प्रतिनिधि सभा ३ का लागि केन्द्रीय सल्लाहकार परिषद सदस्य मंगल प्रसाद गुप्ता , जिल्ला सदस्य टोपलाल पोख्रेलको नाम सिफारिस गरेको छ । त्यस्तै गरि प्रदेश क्षेत्र ३ को क मा जिल्ला उपसचिव अर्जुनकुमार के सि को नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । प्रदेश क्षेत्र ३ को ख का लागि भने ५ जनाको नाम सिफारिस गरेको छ । जसमा मोहम्मद मुस्तफा बढई,मिर्जा रासिद बेग,रजाउ अहमद खा, कृष्ण प्रसाद भण्डारी, मेहताव आलम खा रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय पोलिट व्युरो सदस्य , लुम्बिनी प्रदेश सहइन्चार्ज बिमला घिमिरेले अबको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने बताउनु भयो ।बिबादरहित उम्मेदवार छनौट गरि निर्वाचनमा जित सुनिश्चित हुने गरि सबै कार्यकर्ताहरु एक ढिक्का भएर अगाडि बढ्नु पर्ने उहाँले धारणा राख्नु भयो । उक्त वैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य ,लुम्बिनी प्रदेश सहइन्चार्ज गिरधारीलाल न्यापानेले मंशिर ४ गते एकै पटक हुने प्रदेश र संघिय निर्वाचनमा लाग्न पाटी योजनावद्ध तवरले अगाडि बढेको बताउनु भयो उम्मेदवार छनौटमा कुनै प्रकारको विवाद नआउने गरि पपुलर नेतालाई उमेदवारका रुपमा अगाडि बढाउने पाटीको निति रहेको उहाँले बताउनु भयो ।

वैठकमा बोल्दै पार्टीको केन्द्रिय सदस्य शुसिल कुमार श्रीवास्तवले पार्टीले उम्मेदवार बनाएकालाई आत्मसात गरि जिताउन सबै जना लाग्नुमा पर्ने जोड दिनुभयो । निर्वाचन क्षेत्र नं ३ समन्वय कमिटिका संयोजक सिवि गहतराजको अध्यक्षता , प्रदेश क्षेत्र नं ३ ख का संयोजक गोपाल बहादुर थापाको स्वागत मन्तव्य ,प्रदेश क्षेत्र ३ ख का सचिव राम प्रकट कोरीको संचालनमा बैठक सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१