ताजा समाचार

नवलपरासीका एक जना ३९ लाख नगदसहित नियन्त्रणमा

  • भदौ १९, २०७९
  • ९६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्ण गिरी/ नवलपरासी नवलपरासीका एक जना श्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रुपियाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासीको बर्दघाट नगरपालिका ६ का २२ वर्षीय टीकाराम भट्टराई रहेका छन्। चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित चेकप्वाइन्टमा ड्यूटीमा खटिएको प्रहरीको टोलीले सवारी चेकजाँच गर्ने क्रममा धादिङबाट काठमाडौं आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसमा सवार भट्टराईले ल्याएको कम्ब्याट झोलाभित्र ३९ लाख ५० हजार पाँच रुपियाँ फेला पारी प्रहरीले शुक्रबार पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले मोबाइल एक थान, हरियो रङको आर्मी कम्ब्याट झोला एक थान फेला परेको छ। उक्त सामानसहित भट्टराईमाथि प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤