सिरहामा अपाङ्गता समावेशि कार्यक्रम समुद्धघाटन सम्पन्न

  • भदौ १९, २०७९
  • ८६१ पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷भाद्र १९ गते
सिरहा जिल्लामा दलित विकास मञ्च सिरहाले सवैकालागि समावेशि समुदाय कार्यक्रम गोलबजारमा एक भव्य कार्यक्रम गरि समुद्धघाटन सम्पन्न भएको हो । कार्यक्रममो प्रमुख अतिथिको रुपमारहेको गोलबजार नगरपालिकाको नगरप्रमुख श्याम श्रेष्ठले पानसमा वतिबालेर समुद्धघाटन गरिएको हो । सवैकालगि समावेशिकरण ः हाम्रो अभियान भन्ने मुलनाराका साथ गोलबजारको अतिथी सदनमा दलित विकास मञ्च सिरहाको आयोजना र गोलबजार नगरपािलकाको सहकार्य तथा सि.वि.एम.नेपाल को साझेदारीमा तिनवर्षे कार्यक्रम संचालिन गरिने दलित विकास मञ्च सिरहाको अध्यक्ष रुणा कुमारी महराले बताईन । सवैकालागि समावेशि समुदाय कार्यक्रम सिरहा जिल्लाको दूर्ई वटा स्थानिय तह कल्याणपुर नगरपालिका र गोलबजार नगरपालिमा कार्यक्रम संचालन हुने समेत बताएकी छीन ।
सवैकालागि समावेशि समुदाय कार्यक्रमको समुद्धघाटन कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेको गोलबजार नगरपालिका मेयर श्याम श्रेष्ठले दलित विकास मञ्चले कार्यक्रम सञ्चालन गरेकोमा खुसि व्यक्त गरेको छ । मेयर श्याम श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुको लागि हरेक सेवा सुविधा पहँुच पुर्याउने प्रतिवद्धता जाहेर समेत गरेको छ । मेयर श्रेष्ठले समाजमा अति पछाडि रहेको  अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिकाको वार्षिक कार्यक्रम र वार्षिक बजेट छुटयाउछु उनले भने । मेयर श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुको लागि शिक्ष्ााँ, स्वास्थ्य, रोजगार, र जिविकोपार्जन जस्ता कार्यक्रमहरुको लागि बजेट विनियोजन समेत गर्ने बताउँनु भयो । कार्यक्रममा अपाङ्गता भएको समुदायको जिवन स्तर उकास्न हरसम्भव प्रयास गर्ने समेत बताउनुभयो ।
सवैकालागि समावेशि समुदाय कार्यक्रमको समुद्धघाटन कार्यक्रममा दलित विकास मञ्च सिरहाका सचिव रामचन्द्र महराले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथीको रुपमा रहेको गोलबजार नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत अनन्त पौडेलले नगरपालिकाबाट अपाङ्गताभएको समुदायलेपाउने सेवा सुविधा सम्ँबन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।कार्यक्रममा सि.वि.एम.ग्लोवलका विमल पौडेलको समेत सहभागिता रहेको थियो । कार्यक्रमको उद्धेश्यको बारे दलित विकास मञ्च सिरहाको कार्यक्रम संयोजक जितेन्द्र रायले स्पष्ट पारेको थियो ।कार्यक्रममा गोलबजारको उपमेयर मान्ती देवि साहको समेत सहभागिता रहेको थियो । कार्यक्रम संचालन दलित विकास मञ्च सिरहाका फिल्ड सुपरभाईजर रविन महराले गरेको थियो । कार्यक्रममा दलित विकास मञ्च सिरहाको अध्यक्ष रुणा कुमारी महराले गरेकी थिईन । कार्यक्रममा समावेशि समुदाय कार्यक्रम उद्देश्य अपाङ्गता भएका व्यक्तिहरुको आत्मनिर्भर र गुणस्तरीय जिवन बाँच्ने रहेको समेत बताईन । सवैकालागि समावेशि समुदाय कार्यक्रम सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाको १२ वटा वडाहरु र गोलबजार नगरपालिकाको १३ वटा वडामा संचालन गरिने बताईन । कार्यक्रममा गोलबजार नगरपालिकाको सवैवडा अध्यक्षहरु , शाखा प्रमुखहरु र विभिन्न संचारकर्मीहरु तथा अपाङ्गताभएको व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रीय स्तरमा कुर ...

काठमाडौं, मंसिर, ९ साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपा ...

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१