कृष्णनगरमा छाडा चौपाया आतंक, व्यवस्थापन गर्न स्थानीय तहले दिएन चासो

  • भदौ १९, २०७९
  • ९५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रिन्स मिश्रा कपिलवस्तु - कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगंज , डबरा, शिवानगर, कृष्णनगरको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या बन्दै गएको छ । स्थानीय सरकारले छाडा पशु चौपायाको व्यवस्थापन गर्न ठोस कदम चाल्न नसके पछि दिन प्रति दिन सास्ति बन्दै गएको छ ।पशु चौपायाले ठाउँ–ठाउँमा सडक कब्जा गरेपछि सवारी दुर्घटनाको जोखिम ह्वात्तै बढेको छ । स्थानीयले पटपटक आवाज उठाउँदा पनि कृष्णनगर नगरपालिकाले झिनो प्रयास समेत नगर्दा समस्याको समाधान हुन सकेको छैन । छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानियहरुले पटकपटक आवाज उठाउँदा समेत नगर मौन रहेको नगर वासिहरुले आरोप लगाएका छन ।

कानुनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिए त पनि कृष्णनगर नगरपालिकाले कानुलाई वेवास्ता गर्दै छाडा पशु चौपाया व्यवस्थित गर्न स्थानीय सरकार लापरवाह देखिएको छ । छाडा चौपायाले गर्दा सडक जाम हुने, सडक दुर्गन्धित हुने , सथानियहरुको कृषि वालि नष्ट पार्ने घटना नयाँ होइन । अहिले कृष्णनगरका विभिन्न चोक तथा सडकका गल्लीमा छाडा चौपायाको हुल नै देखिन्छ । सडकमा जथाभावी छाडिएका छाडा चौपायाले ट्राफिक आवागमनमा समस्या हुन थालेको छ । नगरपालिकाले छाडा चौपाया नियन्त्रण कृष्णनगर नगरपालिकाले कुनै कदम नचालेको नगरवासिले गुनासो गरेका छन । केहि महिना अगाडि छाडा चौपायाको व्यवस्थापन गर्न जिल्लाका सबै पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र सहितको वैठकले बुद्धभुमी नगरपालिका वडा ९ मा रहेको गब्दहवा स्थानमा १ सय हेक्टर क्षेत्रफलमा तारवार गरेर छाडा चौपायाको व्यवस्थापन गर्ने भन्दै छलफल भएको थिए |

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१