स्थानीयतह सदस्य निर्वाचनमा दलितसमुदायका उम्मेदवारले खेप्नुपरेका विभेद विषयमा अन्तरक्रिया सम्पन्न

  • भदौ १८, २०७९
  • ९८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/१८ भदौ । प्रत्येकव्यक्ति जन्मँदा स्वतन्त्ररुपमा जन्मन्छन् । विडम्बना अन्धविश्वास तथा गलत धारणा र संरचनात्मक मान्यताहरूले हाम्रो समाजमा नागरिकहरू विभेदमा पर्दै आएका छन् । जातिको आधारमा मानिसमाथि विभाजन र भेदभाव व्यक्तिगत अधिकारको गम्भीर उल्लङ्घन हो । नेपाली समाजमा यस्ता विभेदका घटनाहरू धेरै हुँदै आएको छ । त्यस्ता कतिपय घटना सार्वजनिक हुन्छन् त कतिपय घटना सार्वजनिक हुँदैनन् । जातीय पहिचानको आधारमा व्यक्तिलाई भेदभाव गर्ने कार्यले ‘तल्लो जात’ का नागरिक पीडित हुँदै आएका छन् । यस्ता घटना बर्सेनी सार्वजनिक हुनुले जातीय विभेद अन्त्यका लागि तर्कसङ्गत रूपमा सोच्न बाध्य तुल्याएको छ । यता गैरदलितलाई दलित जनप्रतिनिधि निर्वाचितपछि हजुरीको डरले तर्साउछ, उता, दलितपछि पारिदै गएको छ। दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका -८ द्वारा आयोजित ३ दिने कार्यक्रमको आज दोस्रोदिन भर्खरै सम्पन्न स्थानीयतह सदस्य निर्वाचनमा दलितसमुदायका उम्मेदवारले खेप्नु परेका विभेद विषयमा करिब ४ दर्जन दलित सरोकारवाला व्यक्तित्वसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ।

योसँगै सप्तरीको खडक नगरपालिका वडा नम्बर -२ जनता समाजवादी पार्टी नेपालबाट विजयी भएका वडाअध्यक्ष हरेराम मण्डल खत्वेका अनुसार दलितलाई चुनाव जित्न अहिलेको परिपेक्षमा भारी रहेको बताए । गैरदलितले दलितलाई चुनावको बेलामा विभिन्न प्रलोभनबाट फकाउने प्रयत्न गरेतापनि दलितले मेरो दु:ख बुझिदिइएको खुशी व्यक्त गरेको बताए । अहिलेपनि दलित अपहेलित नजरियाबाटै भएकै छ। दलितमा एकताको खाँचो छ। दलितमा एकता र चेतना आउनु अपरिहार्यको विषय छ। दलितले अपहेलित भएकै कारण विभिन्न बाधा अड्चन आउदै गरेको जिकिर गरे त्यसतै अर्कावक्ता दलित सरोकार मञ्च नेपालका अध्यक्ष / कार्यकारी निर्देशक मधेश प्रदेश दलित विकास समितिका सदस्य श्रीभोला पासवानका अनुसार - सप्तरीको १८ पालिकामध्ये अहिलेपनि दलितलाई पार्टीको टिकट पाउने मुस्किल टिप्पणी गरे। उनका अनुसार दलितको हकहितकाबारेमा समाचार लेखिएको कारण दलित पत्रकार भनेर सम्बोधन गरिएको पनि जिकिर गर्नु भएको छ।

कञ्चनरुपमा ९ हजार दलित रहेकोमा , ३ हजार नागरिकता विहीन रहेको सुनाएका छन । नेपालको संदर्भमा स्थानीयतह निर्वाचनमा सुधारात्मक प्रणाली लागू हुनुपर्ने / गर्नुपर्ने आजको कार्यक्रममा आवाज उठेका छन। चुनावमा दलितको भाउ बढाउने गरेका छन गैरदलितले । चुनाव स्वच्छ , निश्पक्ष हनुपर्छ- भन्ने भनाइ प्रति सबैको आजको कार्यक्रममा ध्यानाकर्षण भएको छ। दलितलाई निर्वाचित हुनुपर्ने आजको आवश्यकता रहेको प्रध्यापक डा. विजय प्रसाद मिश्रले बताएका छन।

Open photo

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१