Siraha Times
ताजा समाचार

न्याय दिन पछि हट्दै जिल्ला प्रहरी कार्यालय सिराहा

  • भदौ १८, २०७९
  • १२९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै १८ । सम्मानित अदालतको निर्णयलाई पाखा लगाएर कानुनलाई मिच्दै गरेको जिल्ला प्रहरी कार्यालय सिरहाको वास्तविकता बाहिर आउन थालेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा मातहतका ईलाका प्रहरी कार्यालयहरूमा स्थानिय स्तरमा भइरहेको साधारण मुद्दा देखि ठूला प्रकृतिका केयौ मुद्धा निवेदनहरु वर्षौ देखि थन्किएर रहेका छन् भने न्यायको लागि पीडित पक्षहरुले प्रहरी कार्यालयहरू धाउँदाको सास्ती खेप्दै आएका छन् । प्रहरी कार्यालयमा पुग्दा समयमा साहेबहरू नभेटिने अधिकांश प्रहरी कार्यालयको अवस्था रहेको पाइन्छ । जिल्ला प्रहरी कार्यालय सिरहाले समान्नित उच्च अदालत जनकपुर राजबिराज इजलासका आदेशलाई अपहेलना गर्दै आएको तथ्य फेला परेको अवस्था रहेको देखिन्छ । सिराहाको औरही गाउँपालिका वडा नं 1 का चिन्ता देवी यादवले आफना घरमा खाना पकाउँदै गरेको अवस्थामा स्थानीय रमेश कुमार यादव,राम करण यादव,भगत यादव,राम बाबु यादव किसुन लाल यादव महादेव यादव लगायतका युवाहरूको एक समूहले बोक्सीको आरोप लगाउँदै खाना पकाउँदै गरेकी चिन्ता देबी यादवमाथी मिति २०७८ मंसिर १८ गते साझ घरमै गएर निर्घात कुटपिट गरेका थिए ।

पीडित यादवले घटनामा संगलन रहेका युवाहरू माथी २०७८ मंसिर २७ गते जाहेरी सूचना हुलाक कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय सिरहामा पठाए पनि मुदा दर्ता गर्न प्रहरी कार्यालयले नमानेको र आलटाल गरेको साथै प्रतिबादीहरुको प्रभावमा परी अपराधिक कार्यको अनुसन्धान गर्न नसकेको अवस्था रहेकाे र न्यायिक हिसाबले आफ्नो कानुनी कर्तव्य पालना गर्नबाट प्रहरी कार्यालय सिरहा पछि हटेको पीडित यादवको आरोप रहेको छ । पीडित यादव न्यायका लागी जिल्ला सरकारी वकिल कार्यालय सिरहामा निवेदन दिन जादा यहाँ दर्ता हुदैन , जिल्ला प्रहरी कार्यालय सिरहामा नै दर्ता गराउन जानु भनेर भनेपछि प्रहरी कार्यालय सिरहामा महिनौ धाउँदा पनि प्रहरीले मुदा दर्ता गर्न नमानेको पीडितले बताए । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले मुद्दा दर्ता नगर्दिदा पीडित महिला न्यायका लागी भौतारी रहेका छन् । उच्च अदालतका आदेशलाई अपहेलना गर्दै जिल्ला प्रहरी कार्यालय सिरहा मौन दर्शक बनिदिदा न्याय ओझेलमा पर्ने भएकोले सत्य तथ्य छानबिन गर्दै न्यायिक वातावरण कायम गर्न अाजको आवश्यकता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

मारवाडी महिला मञ्च ल ...

लहान साउन ३१ । मारवाडी महिला मञ्च, लहानद्वारा आयोजित सावन मेला २०८३ महिला उद्यमशीलता, आत्मनिर्भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१