लाहान नगरपालिका भाषणमा सीमित हुदै

  • भदौ १७, २०७९
  • ११०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै १७ । सिरहाको लहान नगरपालिकामा विगतका हैकमबादी मेयर मुनि शाहलाई पाखा लगाउँदै जनप्रेमी भनिदै आएका महेश प्रसाद चौधरीलाई जनताले लाहान नगरपालिकाको मेयर पदमा आसिन त गराए तर चौधरीले भाषणमा दिएका आश्वासनको पालनामा ध्यान केन्द्रित गर्न सकेका छैनन् । पशुपति आदर्श मावि परिसरमा जम्मा गरिएको फोहोर , पूर्व पश्चिम राजमार्गको सहिद चोकमा बत्तीको ब्यबस्थापन , हुलाक देखि पूर्वको सडक ,लाहान अस्पताल लगातका ठाउँहरूमा आवस्यक भौतिक पूर्वाधार प्रति मेयर चौधरी बेखवर हुनुहुन्छ ।

लाहान टेलिकम देखि प्राविधिक शिक्षालय जाने बाटोको अवस्था जीर्ण जताततै फोहोर दुर्गन्ध बढिरहेको अवस्थामा पुरानो लहान बजार अनि बजारको दिनमा हुने अव्यवस्थित पार्किङ लगायतको समस्याहरू मुख्य लहान बजारमा देखिन्छ भने लहानको ग्रामीण बस्तीमा पुग्न सक्ने अवस्था छैन । लहान २४ को सबै बाटोहरु हिँड्न योग्य छैन भने पानीको उचित निकास नहुँदा लहान नगरपालिकाका अधिकांश भूभाग सामान्य वर्षाले पनि डुवानमा पर्ने गरेको अवस्था रहेको पाइन्छ । भौतिक सास्ती एकातिर रहेको छ भने अर्कोतिर छाडा चौपायाहरुको व्यवस्थापनमा ध्यान नदिदा सडक अवरुद्ध हुने गरी सडकमा चौपायाको बास बन्दा सडक जोखिम बढ्ने सम्भावना उत्तिकै रहेको पाइन्छ । स्थानिय निर्वाचन भएको करिब चार महिना बितिसक्दा पनि जनप्रतिनिधिहरु उद्दघाटन र सम्मान ग्रहण गरिरहनु समाजको लागि हितकर पक्कै पनि होइन ।

जनतालाई मेयरको भाषण चाहिएको छैन बरु भाषणको समय विकासमा लगाउँदा राम्रो हुन्छ । आम जनताले विगत लामो समयदेखि सेवा लिँदै आएका लहान हस्पिटलको भौतिक संरचनाको वस्तु स्थिति मेयरले बुझ्न जरुरी देखिएको छ । बिरामी उपचारको लागि बसेका ठाउँमा फोहोर अनि बिरुवा उम्रिने तथा अस्पताल परिसर मात्र नभएर अस्पताल बाहिर अस्पताल क्षेत्रका ठाउँमा फोहोरले नगर दुर्गन्धित बनिरहँदा पनि लहान नगरपालिका बेखवर भइरहँदा पनि नगरको डरले समर्थनमा कुरा निकाल्नु उचित पक्कै पनि नभएकोले सत्य तथ्य बाहिर निकाल्न जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१