बच्चाको स्वास्थ्य स्थिति गम्भीर आर्थिक सहयोग आवस्यक

  • भदौ १७, २०७९
  • ६९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै १७ । हे दैव यदि मार्नु नै थियो भने जन्म दियौ किन ? सिरहाको धनगढीमाई नगरपालिकाको एक बालक यतिबेला जीवन संघर्षको अन्तिम लडाई लडिरहेको छ । दयनिय आर्थिक अवस्था रहेको धनगढीमाई वडा नं ५ वस्ने हरेराम शाहको छोरा सुरज शाह यतिबेला आर्थिक अभावका कारण अस्पतालको बेडमा छट्पटाई रहेको छ । अनुमानित अस्पताल खर्च करिब २ लाख ३० हजार लाग्ने अस्पतालले जनाएपछि दयनिय अवस्थाका हरेराम शाहको अगाडिमा विशाल पहाड खाडा भएको छ । मधेश प्रदेशको जनकपुर धामको वडा नं ८ मा रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल प्रालिको अति सघन कक्षमा उपचार्थ रहेका सुरजको अवस्था सुधारोन्मुख रहेको अवस्थामा आर्थिक सहयोग प्रदान गर्नका लागि आम नेपाली दाजु भाई दिदी बहिनीहरूमा हार्दिक अनुरोध गरिएको छ । बच्चाको उपचारमा सहयोग गर्नका लागि तयार भएका सहयोगी मनहरुका लागि सिभिल बैंककाे खातामा रकम पठाएर देश विदेशबाट सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१