Siraha Times
ताजा समाचार

प्रहरी चौकी ईनर्वाको सक्रियता : भन्सार छल्ने तस्करहरू पलायन

  • भदौ १७, २०७९
  • ११२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगन्ज,१७ भदौ । पर्साकाे इनरवा प्रहरी चौकीमा आएको दुई महिनामै वरिष्ठ प्रहरी नायब निरीक्षक हिमाल भण्डारीले हुन्डी, लागुऔषध र गैरकानुनी कारोबार ठप्प पारेर नयाँ रेकर्ड बनाएका छन्। इनरवा नाका नेपाल-भारत सीमामा रहेका मध्ये सबैभन्दा व्यस्त नाका हो। भण्डारीले उक्त चौकीको कमान्ड सम्हालेपछि तस्करीमा संलग्नहरुमाथि मुद्दा चलाइएको छ भने करोडौको हुन्डीको रकम जफत गरिएको छ। नेपालभरिबाट नेपाल-भारत सीमामा यस वर्ष १ करोड ५० लाख रुपैयाँ हुन्डी कारोबारीबाट जफत गरिएकोमा इनरुवा चौकीले मात्रै ९१ लाख रुपैया राजस्वमा दाखिला गरेको छ। अहिले इनरवा चौकीले कडाइ गर्दा रक्सौल नाकाबाट हुने यस्ता गतिविधिहरु अहिले नियन्त्रणमा छन्।

भण्डारीले नेपाल-भारत सीमाबाट हुने गैरकानुनी गतिविधिहरु नियन्त्रण गर्न कुनै पनि सम्झौता नगरी काम गर्ने बताएका छन्। ‘नेपाल र भारतबीचको यो धेरै गतिविधि हुने नाका भएकाले पनि हामीले यहाँ गैरकानुनी गतिविधि नियन्त्रण गर्न हरप्रयास गरेका छौं,’ कार्यरत एक प्रहरी सहायक निरीक्षकले भने, ‘इनरुवा चौकीको नेतृत्व परिवर्तन भएपछि हुन्डी, लागुऔषधलगायत अन्य गैरकानुनी गतिविधि नियन्त्रणउन्मुख छ।’ भण्डारीले पछिल्लो दुई महिनामा प्रतिबन्धित लागु औषधमा १२ जनालाई नियन्त्रणमा लिएको, नेपालबाट भारत जाने क्रममा महिला तथा बालबालिका गरी ४२ जनालाई उद्धार गरेका र हुन्डी तथा लागु औषधमा प्रयोग गरिएको १० वटा मोटरसाइकल नियन्त्रणमा लिएका छन्। यति मात्र नभई उक्त प्रहरी चौकी अगाडि रहेको शंकराचार्य गेटमा चेक जाँचका लागि खटिएका प्रहरी जवानहरूले गरेको गल्तीहरुलाई माफ नगरी सातजनालाई कारबाही गरी जिल्ला प्रहरी कार्यालय पर्सामा फिर्ता पनि पठाएका छन्।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१