Siraha Times
ताजा समाचार

कपालिवस्तु विजयनगरमा बर्षाका कारण शंकरपुर ताल फुट्योः स्थानीय जोखिममा, सतर्कता अपनाउन आग्रह

  • भदौ १७, २०७९
  • ७०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु विजयनगर लगातारको वर्षातका कारण कपिलवस्तुको विजयनगरमा रहेको शंकरपुर ताल फुटेको छ । कपिलवस्तुकै सुदुरपश्चिम क्षेत्रमा रहेको शंकरपुर ताललाई व्यवस्थित बनाउन विजयनगर गाउँपालिकाले विभिन्न प्रयासहरु गरेको थियो । लगातारको बर्षाका कारण अहिले भने सो ताल फुटेसंगै जोखिम बढेको छ । ताल फुटिसकेकाले गाउँपालिकाका करिव १५ वटा गाउँका स्थानीय जोखिममा परेको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभएको छ । गाउँपालिका कै पर्यटकीय स्थलमा रुपमा परिचित बन्ने राम्रो सम्भावना बोकेको सो ताल फुटेसंगै स्थानीय त्रसित भएका छन् । ताल फुटेसंगै अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडाध्यक्ष लगायत जनप्रतिनिधि र सुरक्षाकर्मीको टिम सोहि स्थानमा पुगेको छ । संयौ बिघा क्षेत्रफलका खेतीयोग्य जमिन, सिंचाईका कुला, वस्ती कटान हुने जोखिम बढेकाले सर्तकता अपनाउनका लागि सुशुचित गर्ने र तत्काल उद्धारका लागि गाउँपालिका लागिपरेको अध्यक्ष थापाले बताउनुभयो । उहाँले सम्पुर्ण गाउँपालिकावासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै समस्या परे गाउँपािलका सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

विगतमा पनि गाउँपालिकाले बजेट विनियोजन गरि संरक्षणका लागि विभिन्न कामहरु गरेको र अझ व्यवस्थित गर्नका लागि प्रदेश, केन्द्र सरकारसंग निरन्तर पहल गर्दा पनि प्रदेश, केन्द्र सरकारले चासो नदेखाएका कारण अहिले यो अवस्था आएको अध्यक्ष थापाले बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, ‘प्रदेश र केन्द्र सरकारले चासो देखाई आवश्यक बजेट विनियोजन गरेर ताल संरक्षणका लागि ड्याम बांधि व्यवस्थित गरेको भए तालको अहिले यो अवस्था हुने थिएन, हामीले निरन्तर पहल गरिरहेका थियौं ।’ थापाले यसलाई व्यवस्थित गर्नका लागि ठुलो लगानि आवश्यक रहेकाले गाउँपालिकाको सिमित स्रोत र साधनले नपुग्ने बताउनुभयो ।

प्रहरी निरिक्षक विजय तिमिल्सिनाको नेतृत्वमा ईलाका प्रहरी कार्याल गणेशपुरको सुरक्षाकर्मीको टिम, मातहतका निकाय, सशस्त्र विओपी विसनपुरको टोलि उद्धारका लागि तैनाथ अवस्थामा रहेको छ । गाउँपालिकावासीलाई कुनै समस्या पर्ना साथ उद्धारका लागि सुरक्षाकर्मीको टोलि तयारी अवस्थामा रहेको प्रहरी निरिक्षक विजय तिमिल्सिनाले बताउनुभयो ।जिल्लाको पश्चिमी क्षेत्रकै सवै भन्दा ठुलो तालको रुपमा परिचित छ । चन्द्रौटा बजारबाट करिव ५ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा रहेको सो ताल यस क्षेत्रकै चिनारीको रुपमा रहेको बुढापाका वताउछन । शंकरपुर तालमा शिवगढी मन्दिरमा बस्ने भगवान शंकरले नुहाउने र शिवगढीमा बस्न जाने धार्मिक विश्वास रहेकोले सोही अनुरुप यस तालको नाम नै शंकरपुर ताल रहन गएको स्थानीय बताउँछन् । शंकरपुर ताल करिव ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१