गठबन्धन फुट्ने पक्का मध्य राती प्रचण्डको तहल्का

  • भदौ १७, २०७९
  • ६०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं भदौ १७। सत्तारुढ गठबन्धनको बिहीबार बसेको १० घण्टा लामो बैठकका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावका कारण नेपाली कांग्रेस हच्किएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ८६ देखि ९० सिट आसपास आफूलाई राखेर सहमति खोज्न भने पनि माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई ८० सिट आसपास सीमित गर्न खोजेपछि कांग्रेस हच्किएको हो। बैठकमा सहभागी कांग्रेसका एकजना नेताका अनुसार प्रचण्डले प्रतिनिधिसभाका १६५ सिटमध्ये ५० प्रतिशत कांग्रेसलाई दिने गरी प्रस्ताव गरेका थिए। ‘उहाँ (प्रचण्ड) ले कांग्रेसलाई ५० प्रतिशत सिट दिएर बाँकी ५० प्रतिशत आफूहरु भागबण्डा गर्ने भन्नुभयो’, ती कांग्रेस नेताले भने,’उहाँको प्रस्ताव अनुसार कांग्रेसले ८० देखि ८२ सिटमा चित्त बुझाउनुपर्ने देखियो। तर हामी यति तल झरेर सहमति गर्ने पक्षमा छैनौँ।’ गठबन्धनमा प्रारम्भिक सहमति : कांग्रेस ८६, माओवादी ४७, समाजवादी १८, जसपा १३ प्रचण्डको उक्त प्रस्तावलाई गठबन्धनका एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि मान्ने अवस्था नरहेको ती कांग्रेस नेताले बताए।‘कांग्रेस ८० देखि ८२ सिटमा खुम्चिन सक्दैन, अरु दलहरु पनि आफ्नो साइज घटाउन तयार छैनन्’, उनले भने।

बैठकमा प्रचण्ड कांग्रेसलाई ५० प्रतिशत दिएपछि बाँकी रहेको ५० प्रतिशतबाट आफूले कम्तीमा ५० सिट राख्ने रणनीतिसहित प्रस्तुत भएका स्रोतले जनाएको छ।‘प्रचन्डको नियत आफूले प्रतिनिधिसभाको ५० सिट राख्ने देखियो’, बैठकमा सहभागी कांग्रेस ती शीर्ष नेताले भने, ‘यो प्रस्तावमा अन्य दल पनि सहमत हुन तयार छैनन्। कांग्रेसले सहमत हुने कुरै भएन।’ बिहीबार दिनभरको छलफलपछि कांग्रेस ८६, माओवादी केन्द्र ४७, नेकपा एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चा १ सिट लिनेमा करिब सहमति भएको थियो। तर, ती कांग्रेस नेताले प्रचण्डले आफू ५० सिटबाट तल नझर्ने गरी प्रस्ताव ल्याएपछि समस्या भएको दाबी गरे। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटलाई लिएर केही सातादेखि सत्तारुढ दलबीच रस्साकस्सी चलिरहेको छ। गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारे गम्भीर छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि बताएका छन्।उनले पनि बैठकमा निरन्तर छलफल चलिहरँदा सङ्ख्यामै कुरा अड्किएको बताए। यसअघि कांग्रेसले सुरुमा एक सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटमा दाबी गरेका थिए। तर कांग्रेस लचक भएर ९० मुनि झर्न तयार भए पनि सहमति नबनेको हो। सत्तारुढ पाँचदलीय गठबन्धनभित्र आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कसले कति सिट लिएर जाने भन्ने विषय टुंगो लाग्न सकेको छैन ।

गठबन्धनमा सामेल दलहरूले सिट संख्या दाबीको पुरानै अडान नछाडेपछि निर्णय निस्कन नसकेको हो । विगत ३ हप्तादेखि प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक निरन्तर बसिरहेको छ । शीर्ष नेताहरूको बैठकमा सिट बाँडफाँटका सम्बन्धमा गम्भीर छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो । यसअघि नै नेपाली कांग्रेसले सय, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले २ सिटको दाबी गरेका थिए । सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल भइरहे पनि पुरानै अडान नछाडेपछि आजसम्मका बैठकहरू विनानिष्कर्ष टुंगिएका छन् ।

कांग्रेस नेता डा. शेखर कोइराला समूहले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सय सिटभन्दा तल झरेर आफ्नो पार्टीले निर्णय गर्न नहुने दाबी गर्दै आएको थियो । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा समेत सत्ता गठबन्धनभित्र भागबन्डा गर्दा आफ्नो पार्टीले सय सिट पाउनुपर्नेमा डा. कोइरालाले दोहो-याउनुभएको थियो । अन्य दलहरूले पनि आफ्नो अडान छाडेका छैनन् । कार्यदलको बैठकले भागबण्डाको आधार तय गर्ने भनिए पनि अहिल्यै निष्कर्ष निस्कने छाँट देखिएको छैन । भागबण्डा मिलाउनका लागि आज पनि गठबन्धन कार्यदलको बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रीय स्तरमा कुर ...

काठमाडौं, मंसिर, ९ साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपा ...

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१