Siraha Times
ताजा समाचार

मधेसी जनताको हक र अधिकारकाे लागि निरन्तर संघर्ष : डा. सि.के राउत

  • भदौ १३, २०७९
  • १५११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलबस्तु । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा: सि.के. राउतले मधेसीहरुको हक र अधिकारको लागि निरन्तर रुपमा काम गर्ने बताए । उनले अहिले पनि हरेक क्षेत्रमा मधेसीहरुलाई पछाडि पारेको बताउँदै आफूले निरन्तर संघर्ष गर्ने जनाए उनले भने ‘ मधेसी जनताको नाम राजनीति गर्दै आइरहेका केही नेताहरुले मधेस को हक र अधिकारी दिलाउनको लागि काम गरेको पाइँदैन । अब जनमत पार्टीले किसानको समस्यालाई समाधान गर्नको लागि काम गर्ने छौं।’ कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा आयोजित अगुवा नेता कार्यकर्ता भेटघाट तथा निर्वाचन केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । जनता समाजवादी पार्टीको अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष एवम् पूर्वसांसद नरसिंह चौधरी, जसपाका केन्द्रीय सदस्य लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वमेयर मनमोहन चौधरी , राष्ट्रिय प्रजातान्त्रिक पार्टीका महासचिव क‌ैलाश गुरुङ , राजेन्द्र गुप्ता सहित नेता–कार्यकर्ता जनमत पार्टीमा आएका केन्द्रीय सचिव भोपेन्द्र यादवले जानकारी दिए । उक्ति कार्यक्रममा जनमत पार्टी कपिलवस्तुका अध्यक्ष सीता राम पटेलको अध्यक्षता र जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा। सि।के राउतको प्रमुख अतिथिता मा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१