यसकारण मेरो उम्मेद्वारी : किरण केसि

  • भदौ १०, २०७९
  • ७६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौँ :  बाल्यकालमा मलाइ बालाजु क्षेत्र र यसको वरिपरी निकै रमणीय लाग्थ्यो । बालाजु आफ्नो सुन्दरताको लागि प्रसिद्ध थियो । समयक्रममा म हुर्किदै गए र बालाजु पनि बिकृत हुदै गयो । बालाजु क्षेत्रको सुन्दरता हराउदै जानुले मलाइ भित्र भित्रै दुखित बनाउथ्यो ।समाजसेवी मेरा बाबा र शिक्षिका मेरी आमा बाट मैले मेहनत , इमान्दारिता र उद्धमशिलता नै जीवनको सहि दर्शन हो भन्ने सिकिसकेको थिए । अराजकता , अविकसित र गरिवी तर्फ धकेलीइरहेको थियो भने अर्को तर्फ म युवा हुदै पनि गैरहेका थिए ।युवा हुदै गर्दा देश बदल्नु पर्छ भन्ने अठोट पनि बलियो हुदै गैरहेको थियो । तर म तत्काल राजनीतिमा प्रभाव पार्न सक्दिनथे । मेरो बुद्धिले भ्याए सम्म विश्व र नेपालको तुलना गर्थे र हाम्रो अवस्था किन यति दरिद्र छ भनेर सोच्ने गर्थे । त्यतिबेलाको निष्कर्ष यो रह्यो कि उद्धमशिलता , इलम , नगरिकन राजनीति गर्नेहरुले राजनीतिलाई भ्रष्टीकारण गरिरहेको छ ।केहि नगर्नेहरु राजनीतिमा भएकाहरुले राजनीतिलाई कमाउने पेशा बनाइरहेका छन । त्यसपछि म उद्धमशिलता गर्ने र पैसा कमाएर मात्रै राजनीति गर्ने दृढ अठोट लिएर पढाइ गर्नमा लागे ।अष्ट्रेलिया जानु मेरो मेरो सहज छनोट थिएन बरु एउटा दिर्घकालिन योजना अन्तर्गत थियो । एउटा सम्पन्न मान्छेले मात्रै सम्पन्न समाजको कल्पना गर्न सक्छ भन्ने मान्यता मेरो छ । नेपालमा आहिले आएर बल्ल स्वतन्त्र अभियान चले पनि मेरो चाही दिमागमा स्वतन्त्रको योजना अपहिले नै थियो । म हिजोआजका केहि घटना बाट प्रभावित छैन । राजनीतिमा लागेका सबै जना वास्तवमा घिसिपिटी राजनीति बाट वाक्क छन । तर उनीहरु नयाँ सोचका लागि तयार छैनन , युवालाई स्पेस दिन तयार छैनन , पुराना संग भिजन नै छैन । मलाइ समाज बदल्नका लागि बलियो धक्का दिने बेला उचित समय यहि हो भन्ने लागेको छ ।

  • म राजनीतिमा मुलत ३ समस्या देख्छु
  • नयाँ युगलाई बुझ्न असमर्थ फेजआउट भैसकेको जड नेतृत्व 
  • राजनीतिकर्मीको उद्धमशीलता विहिन जीवनशैली
  •  युवालाई अवसर दिनमा रोकावट

मुलत यिनै ३ कुरालाई मुद्दा बनाएर म किरण केसी , काठमान्डू को स्वतन्त्र उम्मेदवारको रुपमा उभिएको छु । स्वतन्त्रको बाटो अलि अफ्तेरो बाटो हो तर म देशका लागी अफ्तेरो बाटो हिड्न तयार छु । किरण केसी व्यक्तिको रुपमा हैन एउटा क्रान्तिको रापमा तपाइँ सामु उपस्थित छ ।

केही उल्लेखनीय कामहरु

सन् २०१२ मा हामीले देशको चिन्ता लिने केहि युवाहरु मिलेर नयाँ नेपालको सुरुवात ( beginning of new Nepal ) अभियान सुरु गर्यौं । यस अभियानले देश बिकास कसरी हुन्छ भनेर युवाहरु माझ छलफल गर्थ्यो । सन् २०१५ को महाभूकम्पमा हामी आत्तिएर मात्र बसेनौ बरु एउटा रिलिफ फन्ड कलेक्ट गर्यौं र प्रधानमन्त्री राहत कोषमा रु १ लाख जम्मा गर्यौं । नवलपरासीको जनता प्राथमिक माबीमा मैले व्यक्तिगत रुपमा स्कुल ड्रेस , झोला , कापी कलम पेनहरु वितरण गरेको छु ।

मेरो वाल्यकाल

बालाजु मा रहेको ध्रुवतारा नर्सरीमा बाबालाई सघाउन म गइरहन्थे । हामी मध्यम परिवार बाट थियौं । एकदिन एकजना बृद्ध आमा बाटो काट्न निकै बेर अलमलीइरहेको देखे । उहाँलाइ मेरो बाबाले पनि देख्नु भएको रहेछ । मेरो बाबाको इशारामा म उहाँ बृद्ध महिलालाइ बाटो कटाउन सहयोग गरे । मैले स्यावासी पनि पाएँ ।

फलत मलाइ असिम खुसि मिल्यो । त्यो नै मैले थाहा पाए सम्म आफैले गरेको काम बाट पाएको सबै भन्दा ठुलो खुसि थियो त्यतिबेला सम्म । मेरो बाबा अनामि समाजसेवी भएकोले थोरवाहुत ममा उहाँको गुण सरेको थियो । समयक्रममा एस एल सी दिए प्लस टू सके । प्लस टू साइन्स पछी इन्टर्न गर्न गएँ । त्यसवेला मैले बुझे कि कामको कुनै इज्जत नहुने रैछ । एउटा घटना त ताजै छ , म जेको इन्टर्न गर्न गको हो त्यो नगराई मलाइ चुरोट किन्न पठाइयो ।

मैले निकै बेर सोचेर म यहाँ चुरोट किन्न जान आएको होइन , काम सिक्न आको हो बने । फलत मलाइ काम बाट निकालियो । यसरी म मा क्रान्तिकारीता पहिला देखि नै थियो । अनि मैले आइ क्लब बाट प्रोग्राम आयोजना गरे । हाउसफुल भयो पुरै टिकेट बेचे । त्यसले मलाइ व्यापार व्यवसायको आधारभूत ज्ञान दियो । लगत्तै म सान इन्जिनियरिंग कन्सल्टेन्सीमा कम्प्युटर अपरेटरको काम गर्न थाले । त्यहाँ धेरै इन्जिनियरहरु संग उठबस हुने काम गर्ने हुदै गयो । चिन बाट सामानहरु आको देखे । म कलिलो उमेरमै परिपक्क टिम संग काम गरिरहेको थिए ।

त्यहींको प्रभावले होला मैले पुल्चोकमा इन्जिनियरिंगको लागि इन्ट्रान्स दिए । नाम निस्किन्छ भनेर ढुक्कले आमालाई फोन गरे । तर प्रश्नपत्र लिक भएको भनेर त्यसको नतिजा नै रद्द भयो । मैले वर्ष त खेर फाल्न भएन भनेर बेंगलोर गएर मेकानिकल इन्जिनियरिंग जोइन गरे । घर बाहिर गएकोले मैले त्यस अघि नभोगेको सबै दुखहरु बेन्ग्लोरमा भोगे । अन्तरकलेज स्तरीय एक प्रतियोगितामा हाम्रो प्रोजेक्ट प्रथम भएको थियो । त्यहाँ मैले नाइट ड्युटीहरु पनि गरे । बेंगलोर बाट पढाइ सकेर नेपाल आउदा मैले मोटरसाइकल धुने त्यसबेलाको अत्याधुनिक प्रविधि वाशिंग मेसिन लेर आए ।

त्यसको बिजनेस गरे । मैले ५ जनालाई रोजगारी दिएँ । त्यो राम्ररी चल्दै थियो । तर मेरो सानै देखिको सपना त देशलाई योगदान दिने थियो । मेरो निस्कर्ष त पढेका नेता भएनन भन्ने थियो । तसर्थ पनि मैले राम्रो युनिभर्सिटी बाट उच्च शिक्षा लिनु पर्ने थियो । त्यसबेलाको लहड अनुसार म पनि अस्ट्रेलिया गए । अस्ट्रेलियामा मैले एम बि ए पढे । र संग संगै सानो स्केलको बिजनेस पनि गरे । उसो मैले सुरुवातमा वेटरको काम पनि गरे । समयक्रममा मेरो बिजनेसले आकार लिदै गयो । र आज उक्त कम्पनि डेढ करोड मासिक व्यापार गर्नेमा परेको छ ।

मलाइ बिजनेस बाट , परिवार बाट , साथिभाइ बाट सबै बाट सन्तुष्टी मिलेको छ ।

म यहाँ थप बिजनेस विस्तार गर्न सक्छु ।

तर ………….तर म भित्र बाट सन्तुष्ट छैन । मैले मेरो सपना विर्सेको छैन ।

मेरो सपना हो देशलाई योगदान दिने । म युवा छदै देशलाई योगदान दिन चाहन्छु । अहिले म बल्ल २८ वर्षको भएँ । दुख , व्यवहार , काम , बिजनेस आदीले मलाइ परिपक्व बनाइसकेको छ ।

नेपाललाई म युवाको देश बनाउन चाहन्छु । यहाँ मैले बिजनेसको सफलताको सुत्र जुन सिके नेपालमा गएर समाजमा प्रयोग गर्न चाहन्छु ।

मेरो इन्जिनियरिंगको ज्ञान , एमबीएको ज्ञान र बिजनेसको ज्ञान म मेरो देशको सेवामा लगाउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रीय स्तरमा कुर ...

काठमाडौं, मंसिर, ९ साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपा ...

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१