Siraha Times
ताजा समाचार

नेपालटार र धनगढी बजार जोड्ने छोटो मार्गको आशा: वडा अध्यक्ष ठकुरीद्वारा सडक मर्मतको स्थलगत अवलोकन

  • चैत १९, २०८२
  • ४६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

​लाहान, १९ चैत । सिराहा जिल्लाको लाहान नगरपालिका–१५ स्थित दुर्गम क्षेत्र बेतहामा भइरहेको बाटो मर्मत कार्यको धनगढीमाई नगरपालिका–१४ का वडा अध्यक्ष अमित ठकुरीले स्थलगत अवलोकन गर्नुभएको छ । ​लामो समयदेखि यातायातको पहुँचमा कठिनाइ भोगिरहेका स्थानीय बासिन्दाका लागि यो सडक खण्ड निर्माण र मर्मत निकै महत्त्वपूर्ण मानिएको छ ।

छिमेकी बस्तीहरू बेतहा र मडयान जोड्ने यो बाटोलाई व्यवस्थित बनाउन सके यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठुलो टेवा पुग्ने देखिएको छ । ​ ​बेतहा र मडयानका बीचमा बाटो खुल्नु भनेको केवल दुई गाउँ जोडिनु मात्र होइन, यसले उदयपुर र सिराहाको व्यापारिक सम्बन्धलाई समेत नयाँ उचाइ दिनेछ । ​ करिब दुई किलोमिटर सडक पूर्ण रूपमा सञ्चालनमा आएमा उदयपुर जिल्लाको नेपालटार र सिराहाको धनगढी बजार सिधै जोडिनेछन् ।

​ मडयानसम्मको यो खण्डमा कुनै पनि ठुला पुल वा पुलेसा बनाउनु पर्ने झन्झट नरहेकाले न्यून लगानी र छोटो समयमै सडक सञ्चालन गर्न सकिने प्राविधिक सम्भावना छ । छोटो मार्ग सञ्चालनमा आउँदा स्थानीय उत्पादनले बजार पाउने र सर्वसाधारणको यात्रामा समय र खर्च दुवै बचत हुनेछ । ​अवलोकनका क्रममा वडा अध्यक्ष ठकुरीले सडकको गुणस्तर र यसले पार्ने सकारात्मक प्रभावबारे स्थानीयसँग छलफल गर्नुभएको थियो ।

दुर्गम क्षेत्रका बासिन्दालाई सुगम बजारसम्म जोड्ने यो अभियानले समग्र जिल्लाकै कनेक्टिभिटीमा इँटा थप्ने विश्वास गरिएको छ । बेतहाको गाउजेसम्म बाटो पुगेपनि उक्त क्षेत्रबाट मडयान सडक जोड्न भने बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१