Siraha Times
ताजा समाचार

लहान उद्योग वाणिज्य संघको अग्रसरतामा खाद्य सुरक्षाको कडा अनुगमन: अध्यक्ष प्रदीप गुप्ताको सक्रियता प्रशंसनीय

  • चैत १९, २०८२
  • ३८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, १९ चैत्र । सिरहाको लहान क्षेत्रमा खाद्य सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले कडा बजार अनुगमन अभियान सुरु गरिएको छ। खाद्य तथा अनुगमन विभाग, सप्तरीको टोलीले आज लहानका विभिन्न फलफूल तथा तरकारी पसलहरूमा छापा मार्दै नमूना संकलन गरेको हो। बजारमा बिक्री भइरहेका खाद्य वस्तुहरू उपभोगयोग्य छन् कि छैनन् तथा फलफूल र तरकारीमा विषादी (पेस्टिसाइड) को मात्रा कति छ भन्ने परीक्षणका लागि नमूना संकलन गरिएको विभागले जनाएको छ।

पछिल्लो समय अस्वस्थकर तथा विषादीयुक्त खाद्य वस्तुको बिक्रीबारे बढ्दो गुनासोलाई मध्यनजर गर्दै यस्तो अभियान सञ्चालन गरिएको हो। यस अनुगमन अभियानमा उद्योग वाणिज्य संघ लहान, सिरहाको विशेष सक्रियता देखिएको छ। संघका अध्यक्ष प्रदीप गुप्ताको पहल र समन्वयमा बजार अनुगमनलाई थप प्रभावकारी बनाइएको हो। संयुक्त प्रयासले बजारमा देखिँदै आएको अव्यवस्था, कालोबजारी तथा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अध्यक्ष गुप्ताले “खाद्य सुरक्षा सुनिश्चित गरौं, स्वस्थ जीवनको आधार तयार पारौं” भन्ने मूल मन्त्रका साथ अभियानलाई अगाडि बढाइएको बताएका छन्। उनले उपभोक्ताको स्वास्थ्यप्रति कुनै पनि लापरवाही सह्य नहुने स्पष्ट पार्दै मापदण्ड विपरीत काम गर्नेहरूलाई कडा कारबाही गरिने चेतावनी दिए। गुप्ताले थप्दै लहानका कपडा पसलहरू तथा अस्पताल चौक क्षेत्रका व्यापारीहरूबारे समेत गुनासो आउन थालेको उल्लेख गर्दै त्यसतर्फ पनि संघको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए।

उनले उपभोक्ताहरूलाई ठगीबाट बच्न आफूले खरिद गरेको सामानको बिल अनिवार्य रूपमा लिन आग्रह गरे। साथै, कुनै पनि शंका लागे वा चित्त नबुझेको अवस्थामा बिलसहित संघमा उजुरी दिन पनि अनुरोध गरेका छन्। अनुगमन टोलीले पसल सञ्चालकहरूलाई खाद्य सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गतिविधि भेटिए कडा कारबाही गरिने स्पष्ट पारिएको छ। बजार अनुगमनलाई तीव्रता दिँदै नागरिकको सेवा, सुविधा र सुरक्षाप्रति देखाइएको सक्रियताले स्थानीयवासीहरूमा सकारात्मक सन्देश गएको छ।

नागरिकहरूले उद्योग वाणिज्य संघ लहान, सिरहा तथा अध्यक्ष प्रदीप गुप्ताको पहलप्रति खुशी व्यक्त गर्दै धन्यवाद समेत ज्ञापन गरेका छन्। यस अभियानले लहानको बजारलाई सुरक्षित, व्यवस्थित र उपभोक्तामैत्री बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकामा सक्र ...

ओम प्रकाश यादव सप्तरी भदौ ३१ । खडक नगरपालिकामा सक्रिय क्षयरोग (TB) खोजपडताल तथा AI-XRAY सहितको निःशु ...

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१