Siraha Times
ताजा समाचार

सखुवामा ८५औँ रामनवमी महोत्सव सम्पन्न: धर्म, संस्कृति र समुदायको एकता झल्काउने उत्सव

  • चैत १९, २०८२
  • ३४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, १९ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित सखुवा गाउँमा ८५औँ रामनवमी महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ। दुई दिवसीय रूपमा आयोजित महोत्सव विभिन्न धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम तथा बैलगाडा प्रतियोगिता सहित सम्पन्न भएको हो।

कार्यक्रम स्थानीय ज्येष्ठ नागरिक धनिकलाल यादवको अध्यक्षता तथा वडा नं. ४ का अध्यक्ष रमेश कुमार यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्व तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। रामनवमी हिन्दू धर्मको एक महत्वपूर्ण पर्व हो, जसले भगवान् राम को जन्मोत्सवको रूपमा मनाइन्छ। चैत महिनाको शुक्ल पक्षको नवमी तिथिमा मनाइने यस पर्वले सत्य, धर्म, कर्तव्य र नैतिकताको मार्ग अनुसरण गर्न प्रेरित गर्दछ। सनातन परम्पराअनुसार भगवान् रामलाई “मर्यादा पुरुषोत्तम” का रूपमा चिनिन्छ, जसले आदर्श जीवनशैलीको सन्देश दिनु भएको छ।

रामायण पाठ, पूजा–आराधना, भजन–कीर्तन र व्रत बस्ने परम्परा यस पर्वमा विशेष रूपमा गरिन्छ। विशेषगरी अयोध्या लगायत विभिन्न स्थानमा यो पर्व भव्य रूपमा मनाइने गरिन्छ। सखुवा गाउँमा रामनवमी महोत्सव मनाउने परम्परा करिब ८५ वर्षअघि स्वर्गीय कमल गोहीवार यादवले सुरु गरेका थिए। पुत्रलाभको कामनासहित गरिएको भाकल पूरा भएपछि उनले यो धार्मिक परम्परा स्थापना गरेका थिए। उनका छोरा जीवछ गोहीवार हालसम्म जीवित रहेको स्थानीयले बताएका छन्। प्रारम्भिक चरणमा पारिवारिक रूपमा सुरु भएको यो परम्परा समयसँगै समुदायको साझा संस्कृतिका रूपमा विकसित भएको हो। पछिल्लो समय स्थानीय सरकार गठनसँगै वडा अध्यक्ष रमेश कुमार यादवको पहलमा महोत्सवलाई संस्थागत रूप दिइँदै आएको छ।

समुदायको चन्दा तथा सहयोगमा सञ्चालन हुँदै आएको मेला अहिले स्थानीय तहको सहयोगमा थप व्यवस्थित र आकर्षक बन्दै गएको छ। महोत्सवमा बैलगाडा प्रतियोगिता, सांस्कृतिक झाँकी, भजन–कीर्तन लगायतका कार्यक्रमहरू आयोजना गरिएका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने किसान तथा पशुहरूलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। विगतमा साधारण माटोको मूर्ति स्थापना गरी खरको मण्डपमा पूजा गरिने परम्परा अहिले आधुनिक सुविधासम्पन्न रामजानकी मन्दिरमा रूपान्तरण भएको छ।

प्रतिक्रिया दिनुहोस

विश्व भलिबल दिवस विभ ...

ओम प्रकाश यादव लहान, असार २३ । "राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" तथा "खेली मधेस, जिति ...

रौतहट प्रहरीले एक रा ...

रामअधार यादव, रौतहट अषाढ २३ गते । प्रहरीका अनुसार गरुडा नगरपालिका–५ झाझपुलस्थित गौतम सहनीले सञ ...

अदालतको ताकेता हुँदा ...

रन्जित चौरसिया वीरगंज २३ असार । बारा जिल्लाको कलैया उपमहानरपालिका वडा नं. २३ निवासी धर्मराज महतोको छ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१