Siraha Times
ताजा समाचार

सिरहामा राष्ट्रिय आर्थिक गणना–२०८२ सम्बन्धी सचेतना गोष्ठी सम्पन्न, वैशाख २ देखि गणना सुरु हुने

  • चैत १९, २०८२
  • ४४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान १९ चैत्र । “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत सिरहा जिल्लामा जिल्लास्तरीय एकदिने सचेतना गोष्ठी सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाको सभाहलमा आयोजित उक्त कार्यक्रमले आर्थिक तथ्यांक संकलनको महत्त्वबारे व्यापक छलफल गरेको छ।

कार्यक्रम सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाण्डेको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा जिल्लाभरिका विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, जनप्रतिनिधि तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजक आर्थिक गणना कार्यालयले आर्थिक गणनालाई मुलुकको वास्तविक आर्थिक अवस्था पहिचान गर्ने आधारका रूपमा प्रस्तुत गर्दै यसबाट प्राप्त तथ्यांकले नीति निर्माण, योजना तर्जुमा तथा विकास कार्यक्रम सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ। सिरहा जिल्लाभरि ६० जना गणक परिचालन गरी आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना सञ्चालन गरिने जानकारी दिइएको छ।

यस अवधिमा उद्योग, व्यापार, सेवा लगायतका आर्थिक क्रियाकलापसँग सम्बन्धित विस्तृत विवरण संकलन गरिनेछ। कार्यक्रममा वक्ताहरूले आर्थिक गणना सफल बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूले तथ्यांकको शुद्धता र विश्वसनीयताले दीर्घकालीन विकास योजना निर्माणमा ठोस आधार प्रदान गर्ने उल्लेख गरे।

राष्ट्रिय आर्थिक गणना मुलुकको आर्थिक संरचना, रोजगारीको अवस्था, उत्पादन तथा सेवा क्षेत्रको वास्तविक चित्र उजागर गर्ने महत्वपूर्ण प्रक्रिया भएकाले यसको सफल कार्यान्वयनलाई सबैले साझा जिम्मेवारीका रूपमा लिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१