Siraha Times
ताजा समाचार

मेयरको एउटै लक्ष्य: दुर्गम बस्तीमा सडक र स्थानीयको मुहारमा खुसी

  • चैत १९, २०८२
  • ४६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल , चैत्र १९, ​लहान, सिरहा । सिराहा जिल्लाको लहान नगरपालिकाका नगर प्रमुख मेयर महेश प्रसाद चौधरीको विशेष सक्रियतामा वर्षौँदेखि यातायातको पहुँचबाट टाढा रहेको विकट क्षेत्रमा अन्ततः विकासको ढोका खुलेको छ । लहान नगरपालिका वडा नम्बर १५ स्थित बेतहा जस्तो दुर्गम बस्तीमा अहिले सहज रूपमा सवारी साधनहरू पुग्न थालेका छन् ।

पत्रकार विनोद अविरल र स्थानियको सहयोगमा कोदालोले खनेर बाटो मर्मत अभियान थालेको दुई दिनपछि मेयर चौधरीले नगरको जेसीबी पठाएका थिए । जेसिविले स्थानिय मेनहर्वा टोलदेखि बाटो खन्न सुरु गरेको थियो । करिब २५ दिनसम्म उक्त दुर्गम क्षेत्रको टोल बस्तीमा बाटो मर्मत सम्भार गरेका थिए । ​ ​भौगोलिक विकटता र उचित सडक पूर्वाधारको अभावमा बेतहाबासीले लामो समयदेखि सास्ती खेप्दै आएका थिए ।

बर्खायाममा हिलो र हिउँदमा धुलोका कारण बिरामीलाई अस्पताल पुर्‍याउन समेत कठिनाई हुने गरेको उक्त क्षेत्रमा मेयर चौधरीको पहलमा सडक निर्माण र स्तरोन्नति भएसँगै अहिले साना-ठूला सबै प्रकारका सवारी साधनहरू टोल-टोलमा पुग्न सफल भएका छन् । घण्टौं पैदल हिँड्नु पर्ने बाध्यता हटेको स्थानियले बताएका छन । ​ ​गाउँमै गाडी पुगेपछि स्थानीय बासिन्दाहरूमा उत्साह छाएको छ । सडक सञ्जाल जोडिएसँगै कृषि उपजको बजारीकरण र विद्यार्थीहरूलाई विद्यालय आउजाउ गर्न निकै सहज भएको छ ।

"विकास भनेको बाटो हो, र हाम्रो मेयर ज्यूले हाम्रो वर्षौँको सपना साकार पार्नुभयो," एक स्थानीयले खुसी व्यक्त गरे । ​ ​चैत्र १९ गते यस उपलब्धिप्रति स्थानीयले खुसी साटासाट गर्दै मेयर चौधरीलाई "सलाम" र धन्यवाद व्यक्त गरेका छन् । मेयर चौधरीले नगरका हरेक कुना-कन्दरालाई मुख्य सडकसँग जोड्ने र कोही पनि नागरिक यातायातको सुविधाबाट वञ्चित हुनु नपर्ने आफ्नो मुख्य प्राथमिकता रहेको बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१