Siraha Times
ताजा समाचार

द्वन्द्व प्रभावित नागरिकका लागि संक्रमणकालीन न्यायमा पहुँचबारे अन्तरक्रिया: सखुवानन्कारकट्टीमा ९ सदस्यीय सञ्जाल गठन

  • चैत २०, २०८२
  • २८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका लागि संक्रमणकालीन न्यायमा पहुँच र मनोसामाजिक समस्या समाधान सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ यादवको अध्यक्षता तथा महिला अधिकार तथा मानव अधिकारकर्मी रेणु कर्णको सहजीकरण रहेको थियो। कार्यक्रमकै अवसरमा समुन्द्रा देवी यादवको अध्यक्षतामा ९ सदस्यीय सञ्जाल समिति गठन गरिएको छ।

उक्त सञ्जालले द्वन्द्व प्रभावित, विशेषगरी एकल महिलाहरूको हकअधिकार, न्यायमा पहुँच र मनोसामाजिक सहयोगका क्षेत्रमा काम गर्ने जनाइएको छ। नागरिक आवाज संस्थाको समन्वयमा आयोजित कार्यक्रममा सखुवानन्कारकट्टी गाउँपालिकाभित्रका द्वन्द्व पीडित एकल महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले आफ्ना भोगाइ, समस्या र अपेक्षाहरू खुलस्त रूपमा राखेका थिए।

कार्यक्रम सफल बनाउन शान्ति पहलकर्ता अर्चना यादवको महत्वपूर्ण भूमिका रहेको आयोजकले जनाएको छ। साथै, सहजीकरण गर्दै रेणु कर्णले द्वन्द्व पीडित नागरिकहरूको न्यायमा पहुँच, अधिकार सुनिश्चितता र मनोसामाजिक सुदृढीकरणका विषयमा विस्तृत रूपमा प्रकाश पारेकी थिइन्। उनी लामो समय देखि यस क्षेत्रमा सक्रिय, साहसी र निडर रूपमा काम गर्दै आएकी एक सशक्त महिला अधिकारकर्मीका रूपमा परिचित छिन्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ यादवले द्वन्द्व प्रभावित तथा हिंसा पीडित नागरिकहरूको समस्या समाधानमा स्थानीय सरकार गम्भीर रहेको बताएका छन्। उनले यस्ता वर्गलाई न्याय दिलाउने, उनीहरूको सामाजिक पुनःस्थापना गर्ने र मनोसामाजिक सहयोग उपलब्ध गराउने तर्फ गाउँपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे। अध्यक्ष यादवले भने, “द्वन्द्व प्रभावित नागरिकहरू राज्यबाट न्याय पाउन बाट वञ्चित हुनुहुँदैन।

स्थानीय सरकार उनीहरूको हकअधिकार सुनिश्चित गर्न तथा आवश्यक सहयोग उपलब्ध गराउन सदैव तयार छ।” उनले नवगठित सञ्जाललाई सक्रिय रूपमा काम गर्न आग्रह गर्दै गाउँपालिका बाट आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए। कार्यक्रमले द्वन्द्व प्रभावित नागरिकहरूका आवाजलाई सशक्त बनाउने, उनीहरूको अधिकार प्रति जागरूकता अभिवृद्धि गर्ने तथा सरोकारवाला निकाय बीच समन्वय मजबुत बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा नगरस्तरीय ...

ओम प्रकाश यादव लहान, जेठ १५ । सिरहाको गोलबजार नगरपालिकामा नगरस्तरीय बालिका सम्मेलन कार्यक्रम भव्य रू ...

सिरहामा दलित संस्थाल ...

संजय महरा सिरहा जेष्ठ १५ । दलित विकास मन्च गोलबजार, सिरहाले विश्व महिनावारी दिवसको अवसर यस सँस्थाद्ध ...

संरक्षणसँगै समृद्धि ...

रहमुल, लहान, १५ जेठ । सिरहाको लहान नगरपालिका–१५ स्थित हातीदह क्षेत्रसँग जोडिएको कोइरालोखोला नम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१