बाल मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न

  • भदौ ७, २०७९
  • ११५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ ७ धनगढीमाई । मधेश प्रदेशको सिराहा जिल्लाको धनगढीमाई नगरपालिकामा बाल मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ । सि वि यस ग्लोबलको आर्थिक सहयोग तथा सि एम सि नेपालद्वारा सञ्चालित बाल मानसिक स्वास्थ्य कार्यक्रम सिरहाको लाहान र धनगढीमाई तथा धनुषाको धनौजी गाउँपालिकाको आपसी साझेदारीमा सञ्चालित कार्यक्रम हाे । यस संस्थाले समुदायमा रहेका अपाङ्ग बालबालिकाहरुको मानसिक स्वास्थ्य प्रवर्धनका लागि विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ । अपाङ्ग पुनर्स्थापना केन्द्र लहान र अपाङ्ग भएको व्यक्तिहरूको समिति धनगढीमाईको संयोजकत्वमा बालबालिकाहरुको मानसिक स्वास्थ्य प्रवर्धन , समावेशी पहुंचयुक्त बाल मानसिक स्वास्थ्य सेवाको लागि दुई दिने तालिम अन्तर्गत लहानमा साउन ३१ गते र भदौ १ गते लहानको पशुपति आदर्श मावि सभा हलमा र भदौ २ र ३ गते धनगढीमाईको बुद्ध महिला बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा सञ्चालन गरिएको कार्यक्रममा अपाङ्गता भनेको के हो ? यसबारे के बुझाई छ ? मानसिक स्वास्थ्यभित्र बालबालिकाको मानसिक स्वास्थ्य ,तनाव ,तनाव ब्यबस्थापन ,चिन्ता ,लागूपदार्थ सेवन, छारे रोग ,आत्म हत्या लगायतका विषयमा अपाङ्ग व्यक्तिहरूलाई तालिम दिइएको थियो ।

तालिममा अपाङ्गता भनेको के हाे ? बालबालिकाको असामान्य ब्यबहार कसरी पहिचान गर्ने ? उक्त समस्याको व्यवस्थापनको लागि कहा रेफर गर्ने ? लगायत बालबालिकासम्बन्धित मित्रवत ब्यबहार गर्ने गराउने र सामाजिक ब्यबहारमा बालबालिका प्रति सकारात्मक ब्यबहार निर्माण प्रति तालिम केन्द्रित भएको परियोजना संयोजक तथा सञ्चालक अनिरुद्ध मुखियाले जानकारी दिनुभयो । तालिममा लहानमा करिब २८ सहभागी भएको थियो भने धनगढीमाईका करिब ३४ अपाङ्ग व्यक्तिहरूको सहभागितामा आयोजित तालिममा प्रशिक्षण दिने काम सहजकर्ता रामलाल श्रेष्ठ ज्यूले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१