बाल मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न

  • भदौ ७, २०७९
  • ११२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ ७ धनगढीमाई । मधेश प्रदेशको सिराहा जिल्लाको धनगढीमाई नगरपालिकामा बाल मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ । सि वि यस ग्लोबलको आर्थिक सहयोग तथा सि एम सि नेपालद्वारा सञ्चालित बाल मानसिक स्वास्थ्य कार्यक्रम सिरहाको लाहान र धनगढीमाई तथा धनुषाको धनौजी गाउँपालिकाको आपसी साझेदारीमा सञ्चालित कार्यक्रम हाे । यस संस्थाले समुदायमा रहेका अपाङ्ग बालबालिकाहरुको मानसिक स्वास्थ्य प्रवर्धनका लागि विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ । अपाङ्ग पुनर्स्थापना केन्द्र लहान र अपाङ्ग भएको व्यक्तिहरूको समिति धनगढीमाईको संयोजकत्वमा बालबालिकाहरुको मानसिक स्वास्थ्य प्रवर्धन , समावेशी पहुंचयुक्त बाल मानसिक स्वास्थ्य सेवाको लागि दुई दिने तालिम अन्तर्गत लहानमा साउन ३१ गते र भदौ १ गते लहानको पशुपति आदर्श मावि सभा हलमा र भदौ २ र ३ गते धनगढीमाईको बुद्ध महिला बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा सञ्चालन गरिएको कार्यक्रममा अपाङ्गता भनेको के हो ? यसबारे के बुझाई छ ? मानसिक स्वास्थ्यभित्र बालबालिकाको मानसिक स्वास्थ्य ,तनाव ,तनाव ब्यबस्थापन ,चिन्ता ,लागूपदार्थ सेवन, छारे रोग ,आत्म हत्या लगायतका विषयमा अपाङ्ग व्यक्तिहरूलाई तालिम दिइएको थियो ।

तालिममा अपाङ्गता भनेको के हाे ? बालबालिकाको असामान्य ब्यबहार कसरी पहिचान गर्ने ? उक्त समस्याको व्यवस्थापनको लागि कहा रेफर गर्ने ? लगायत बालबालिकासम्बन्धित मित्रवत ब्यबहार गर्ने गराउने र सामाजिक ब्यबहारमा बालबालिका प्रति सकारात्मक ब्यबहार निर्माण प्रति तालिम केन्द्रित भएको परियोजना संयोजक तथा सञ्चालक अनिरुद्ध मुखियाले जानकारी दिनुभयो । तालिममा लहानमा करिब २८ सहभागी भएको थियो भने धनगढीमाईका करिब ३४ अपाङ्ग व्यक्तिहरूको सहभागितामा आयोजित तालिममा प्रशिक्षण दिने काम सहजकर्ता रामलाल श्रेष्ठ ज्यूले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१