ताजा समाचार

कांग्रेस नेता अमरेश आफू निकट स्थानिय नेताहरु सङ्ग छलफलमा,स्वतन्त्र उम्मेदवारी दिने सम्भावना

  • भदौ ७, २०७९
  • ९५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सर्लाही । नेपाली कांग्रेसका नेता तथा सर्लाही क्षेत्र न.-४ का सान्सद डा.अमरेश कुमार सिंह पार्टीबाट टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिने सम्भावना रहेको छ। स्थानिय निर्वाचनमा पार्टी विरुद्ध अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस जिल्ला र प्रदेश कार्य समतिले डा. अमरेशलाई कार्वाहि गर्न सिफारिश समेत पाठाएको छ। यस्तो स्थितिमा वहाँ टिकट नपाउने झल्किन्छ। गठबन्धन बिच टिकट बाडफाड्का लागि बनेको कार्यदलको छलफलमा डा.सिंहको चर्चा पनि हुदैन। यस्तो स्थितिमा डा. सिंहले आफ्ना क्षेत्रका आफू निकट स्थानिय नेता र बुद्धिजिविहरु सङ्ग स्वतन्त्र उम्मेदवारी बारे छलफलमा तिब्रता दिएको छ। यता नेपाली कांग्रेसमा आफुलाई नै टिकट दिन दवाब पनि बनाएको छ। केही समय अघि विभिन्न मिडियामा डा. सिंह एमाले प्रवेश गर्ने तर्खरमा रहेको खबर पनि आएको थियो। स्रोतका अनुसार उनी नेपाली कांग्रेसबाट टिकट नपाए स्वतन्त्र उम्मेदवारीको सम्भावना कम र एमाले प्रवेशको सम्भावना बढी रहेको बुझिन्छ । सर्लाही क्षेत्र न. -४ मा एमालेको सिट खाली रहेको छ। एमालेका स्थानिय नेताहरुका अनुसार कांग्रेसले टिकट नदिए डा.सिंह एमालेको उम्मेदवार बन्ने निश्चित छ। डा. सिंह र एमाले अध्यक्ष केपि शर्मा ओलिको गोप्य भेटघाट भैईरहेकै छ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤