सिरहामा दलित अधिकार सप्ताह २०७९ भव्यरुपमा मनाईयो

  • भदौ ६, २०७९
  • ११९४ पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷भाद्र ६ गते
दलित अधिकार र मानव अधिकार क्षेत्रमा कृयासिल रहेको राष्ट्रीय दलित नेटवर्क संस्थाको २२ औ साल स्थापना दिवसको अवसरमा देशभरि नै दलित अधिकार सप्ताह २०७९ विभिन्न कार्यक्रम गरि मनाईरहेको छ । दलित अधिकार सप्ताह मनाउने क्रममा मधेस प्रदेशको सिरहा जिल्लाको गोलबजारमा भव्यताका साथ मनाएका छन । हरवा चरवा को मुक्तिको सन्दर्भ र पुनःस्थापनाको सवालमा दलित विकास मञ्च सिरहा र नेपाल ग्रामिण पुर्नःनिमार्ण संस्थाको सहकार्य र जिल्ला हरवा चरवा मञ्च सिरहाको आयोजनामा सम्मपन्न भएको हो ।
दलित अधिकार सप्ताह २०७९ को कार्यक्रममा गोलबजार नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष सकलदेव यादवले आफुले दलित अधिकार सप्ताह कार्यक्रममा सहभागि हुन पाउँदा खुसिरहेको बताउनु भयो । आफुले हरवा चरवा को हक अधिकारको लागि गर्नुपर्ने काम गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा भुमिअधिकार कर्मी अरुण सदाले हरवा चरवा, भुमिहिन, सुकुम्बासि र दलितहरु लाई स्थानिय सरकारले वास्ता नगरेको दुखेसे पोखेको छ । कार्यक्रममा राष्टिय हरवा चरवा मञ्चको केन्द्रीय कोषाध्यक्ष राजवति मण्डलले हरवा चरवा मुतmीको घोषणाले मात्र नपुग्ने भन्दै पुनःस्थापन«ाका लागि निरन्तर संघर्ष गर्नुपर्ने बताएकी छीन । कार्यक्रममा नेपाल ग्रामिण पुर्नःनिमार्ण संस्थाका कार्यक्रम संयोजक मनोज सिंहले हरवा चरवा को आफनो संस्थाले हरवा चरवाको लागि पुनःस्थापनसहितको प्याकेज  सहितको कार्यक्रम सरकारले ल्याउनुपर्छ भन्ने लवि गरिरहेको बताउनुभएको छ । दलित विकास मञ्च सिरहाको सचिव रामचन्द्र महराले हरवा चरवा को मुतिm कागजमा घोषणा ले मात्र नपुग्ने भन्दै लागु गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रमको अध्यक्षता जिल्ला हरवा चरवा मञ्चका सिरहा जिल्ला अध्यक्ष श्याम सुन्दर सदाले गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१