ताजा समाचार

नेपाल प्रहरीको बार्षिकोत्सवमा हमाल सम्मानित

  • भदौ ४, २०७९
  • ७४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ ४ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं १२ घर भएका पाण्डव हमाल नेपाल प्रहरी श्रीमती संघको ३८औं बार्षिकोत्सव कार्यक्रममा सम्मानित हुनुभएको छ ।बाैद्धिक तथा शैक्षिक व्यक्तित्वको रूपमा परिचित पाण्डव हमाल ज्यूले समाज कल्याण र शैक्षिक वातावरण कायम गराउन र उक्त क्षेत्रमा सुधारको लागि विगत लामो समयदेखि निरन्तर लागिरहनु भएका प्याब्सनका केन्द्रिय अध्यक्ष समेत रहनु भएका हमाल प्रहरी प्रधान कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा समानित हुनुभएको हो ।

 

कार्यक्रममा प्रहरी प्रशासनका उच्च अधिकारीहरुको सहभागिताका बीच महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी ज्युले सम्मानित गर्नु भएको हो ।नेपालमा संस्थागत विद्यालयको शैक्षिक वातावरणलाई नजिकबाट नियाल्दै बालबालिकाको स्वर्णिम भविष्य कोर्न देशभरि अहम भूमिका निर्वाह गर्नु भएका हमालले समाजमा सकारात्मक परिवर्तनमा संस्थागत विद्यालयको तर्फबाट गर्नुभएको योगदानको मुल्यांकन गर्दै उहालाई नेपाल प्रहरी श्रीमती संघको कार्यक्रममा सम्मानित गरिएको हो ।

 

राष्ट्रका उच्च प्रहरी व्यक्तित्वहरु सहभागिता भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल प्रहरी श्रीमती संघका महासचिव सुमन पोखरेल उपाध्यायले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤