ताजा समाचार

श्री ५ मुमावडामहारानी रत्न राज्य लक्ष्मी देवी शाह को ९५ औ जन्मजयन्ती वीरगंजमा मनाइयो

  • भदौ ४, २०७९
  • १४२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु। / भादौ ४ श्री ५ मुमावडामहारानी रत्न राज्य लक्ष्मी देवी शाह को ९५ औ जन्मजयन्ती वीरगंजमा मनाएको छ। नेपाल राष्ट्रबाद सघं केनद्रिय कार्यलय वीरगंज पर्सा द्वारा श्री ५ मुमावडामहारानी रत्न राज्य लक्ष्मी देवी शाह को ९५ औ जन्मजयन्ती वीरगंजमा भव्य रुपमा मनाएको छ। वीरगंज को घण्टाघर चौकबाट जन्मजयन्ती को अवसरमा निसकेको र्याली बाजागाजा सहितको र्याली मा विभिन्न किसिमका नाराहरू लगाउदै जस्तै:- हिन्दू राष्ट्र कायम गर,राजा आउ देश बचाउ,नेता चोर देस छोर, नाराहरू लगाउदै घणटाघर हुदै माइथान अलखियामठ़ हुदै आदर्शनगर हुदै बाल मन्दिर मा गइ श्री ५ मुमावडामहारानी रत्न राज्य लक्ष्मी देवी शाह को शालिक मा माल्यार्पण गरी कोणसभामा परिणत भएकोथियो। कोण सभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाह ले श्री ५ मुमावडाहारानी रत्न राज्य लक्ष्मी देवी शाह को जन्मजयन्ती को शुभकामना दिदै यो देश कुनै पार्टी नेता ले चलाउन सक्दैन त्यो मात्र राजा ले चलाउन सक्नुहुन्छ भनि आफनो भनाइ राखनु भएका थिए। कोण सभा लाइ सम्बोधन कै क्रममा जि.बि.स पर्सा का पुर्व सभापति शम्भु प्रसाद चौरसिया ले श्री ५ मुमावडाहारानी रत्न राज्य लक्ष्मी देवी शाह अहिले जिवितै हुनुहुन्छ र उहाँ लाइ राजनीतिक दल र सरकारले दरवार बाट हटाउन धेरै कोसिस गरे तर उहा दरवार बाट जानु भएन किन कि मेरो बुवा ले बनाउनु भएको छ यो छोडेर म जादिन भनि जबाब दिनुभएको थियो। साथै चौरसिया ले भने कुनै पनि पार्टी संगठन ले राजसंस्था र हिन्दु राष्ट्र को लागि गरिने कार्यक्रम मा आ- आफ्नो सहभागिता जनाउन को लागि आग्रह समेत गरेका थिए। उत्क कार्यक्रम मा उमाशंकर साह, संगिता देवी शाह,हरेराम रौनियार, राजेन्द्र पाल,चुलाइ मिया, बिसनु कुमार दास, बिरेन्द्र साह तेली, बजरंगी साह,उदित सहनी,छठु साह कानु ,पवन प्रसाद साह,शिवसंकर साह, बिजय कुमार पासवान‌, शान्ति केसी लगायतका ब्यत्किहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤