Siraha Times
ताजा समाचार

निहारिका राजपूत आरोपित शिवराज श्रेष्ठ पक्राऊ अनुसन्धान जारी

  • भदौ २, २०७९
  • १२२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ २, मधेश प्रदेश । मधेश प्रदेशको राजधानी सहर जनकपुरधामको कदम चोकबाट शिवराज श्रेष्ठ पक्राऊ परेका छन् । धनुषाको महेन्द्र नगर घर भएका श्रेष्ठलाई पक्राऊ गरी अभद्र ब्यबहार सम्बन्धी अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले पाँच दिनकाे म्याद दिएको छ । महेन्द्रनगर घर भएका श्रेष्ठलाई धनुषा प्रहरीले मंगलवार साँझ जनकपुरको कदम चोक क्षेत्रबाट पक्राउ गरेको थियो । धनुषाको प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षत्रीले प्रहरीलाई दुर्व्यवहार गर्नुका साथै गृह मन्त्रालयको आदेशमा धनुषा प्रहरीले उनलाई पक्राउ गरेको बताउनु भएको छ । बलात्कार मुद्दाका आरोपित श्रेष्ठलाई जिल्ला अदालत धनुषाले सफाई दिएपछि पीडित निहारिका चरणवद्ध आन्दोलन जारी राख्दै केहि दिनअघि उनले राष्ट्रपति भवन अगाडी आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले बचाउँदै अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । निहारिकाकाे माग बमोजिम श्रेष्ठले डिनए परीक्षण गर्न तयार भएको श्रोतको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१