निहारिका राजपूत आरोपित शिवराज श्रेष्ठ पक्राऊ अनुसन्धान जारी

  • भदौ २, २०७९
  • १११९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ २, मधेश प्रदेश । मधेश प्रदेशको राजधानी सहर जनकपुरधामको कदम चोकबाट शिवराज श्रेष्ठ पक्राऊ परेका छन् । धनुषाको महेन्द्र नगर घर भएका श्रेष्ठलाई पक्राऊ गरी अभद्र ब्यबहार सम्बन्धी अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले पाँच दिनकाे म्याद दिएको छ । महेन्द्रनगर घर भएका श्रेष्ठलाई धनुषा प्रहरीले मंगलवार साँझ जनकपुरको कदम चोक क्षेत्रबाट पक्राउ गरेको थियो । धनुषाको प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षत्रीले प्रहरीलाई दुर्व्यवहार गर्नुका साथै गृह मन्त्रालयको आदेशमा धनुषा प्रहरीले उनलाई पक्राउ गरेको बताउनु भएको छ । बलात्कार मुद्दाका आरोपित श्रेष्ठलाई जिल्ला अदालत धनुषाले सफाई दिएपछि पीडित निहारिका चरणवद्ध आन्दोलन जारी राख्दै केहि दिनअघि उनले राष्ट्रपति भवन अगाडी आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले बचाउँदै अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । निहारिकाकाे माग बमोजिम श्रेष्ठले डिनए परीक्षण गर्न तयार भएको श्रोतको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१