ताजा समाचार

कपिलवस्तुमा तिन-छठ्ठी पर्व मनाईदै

  • भदौ १, २०७९
  • १३५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रिन्स मिश्रा कपिलवस्तु । पश्चिम तराईकाे मधेशी समुदायका आमाहरुले हिन्दु धर्म अनुसार नयाँ लुगा लगाई आफ्नो छोराहरुको सु-स्वस्थ, दीर्घायुको कामना गर्दै आज एक दिने बिशेष पुजा-पाठ गर्ने गर्छन । आमाहरुले तिन-छट्ठी पर्व परम्परागत रुपमा मनाउदै आईरहेका छन। स्थानीय बृद्ध, पण्डित र जानकार अनुसार यो पर्व प्रत्येक वर्षको भाद्र कृष्णपक्ष ललही छठको तिथीमा मनाइने गरिन्छ । यस पर्वमा घाँसे कुसमा ६ वटा गाँठ पारी महुवा र तिन्नी नाम गरेको चामलको पुजा पाठ गरी आफ्ना छोराहरुलाई टिका टाला गर्ने गरिन्छ। ब्रत बस्ने आमाहरुले बिहान देखी गौधुली साँझसम्म निराजल रही साँझ हुनु भन्दा अगावै तिन्नी चामलको भात पकाई साग र दहीसंग खाने गर्छन। तिन-छठ्ठीका ब्रत वस्ने ब्रतालुहरु जोतेको खेतमा न-जाने र जोतेको खेतबाट उत्पन्न भएका कुनै पनि फल र अन्न खान नहुने विश्वास रहेको छ । व्रतालु महिलाहरू घरभन्दा बाहिर खनजोत नगरिएको न खेतमा गई कुसमा ६ वटा गाँठ पारी पुजा गरी त्यही एक जुट भई केही समय सम्म बसी सबैले पालै पालो आमा र छोराको कथा-कहानी भन्ने गर्दछन भने कतिपय महिलाहरु आफ्नै घरमा कुश र महुवा ल्याई घरै बसी पुजा पाठ गर्ने गरेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤