शैलुङ आलु उत्पादनमा अगाडि

  • भदौ १, २०७९
  • ९७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ १ । दोलखा जिल्लाको शैलुङ्ग गाउँपालिकामा आलु उत्पादनप्रती किसानहरू आकर्षित भएका छन् । वर्षको दुईपटक आलु उत्पादन हुने यस ठाउँको आलु राजधानी काठमाण्डौ लगाएत देशका विभिन्न शहरमा पुग्ने गरेको छ । मिठो र अर्गानिक आलु खेती शैलुङ गाउँपालिकाका ८ वटा वडाहरूमा मुख्य खेतीको रूपमा हुँदै आएको छ । स्थानिय गोबर मल खेतमा हालेर उत्पादन गरिने आलुको माग बजारमा बढिरहेको कारण स्थानिय किसानहरू आकर्षित भएर आलु उत्पादन गरिरहेका छन् । स्थानिय सरकारको उदासिनताका कारण शित भण्डारको अभावमा आलु लामो समयसम्म राख्न नसकेको स्थानिय किसानहरू बताउनुहुन्छ । करीब ६ महिनासम्म खान योग्य यस ठाउँको आलुलाई भण्डारण गरेर राख्ने सितभण्डारको व्यवस्था नहुँदा सिजनमै सस्तोमा आलु बेच्नु पर्दा किसानले उल्लेख्य फाइदा लिन नसकेकाले यहाँ स्थानीय निकायको पहलमा भण्डारणको ब्यबस्था गरिएको छ । सिजनेवल रूपमा आलु उत्पादन नहुँदा बजारको मागअनुसार बाहिरी मुलुकबाट आलु आयात गर्नुपर्ने बाध्यता रहेको अवस्थामा दोलखाको वास्तविक भूगोललाई खयाल गर्दै उत्पादनमा लगानी बढाउन सरकार अगाडि आउनुपर्ने देखिन्छ । आलु उत्पादनकाे वातावरणीय हावापानी यस ठाउँमा भएको कारण आलु उत्पादनमा थोरै लगानीमा धेरै उत्पादन बढाउन सकिने अवस्था रहेकाे देखिन्छ । अन्य जिल्लाको तुलनामा यस जिल्लामा व्यावसायिक आलु उत्पादन वृद्धि गरी मिठो आलु बिदेश निर्यात गरि राम्रो आम्दानीको स्रोत बनाउन सकिन्छ । तस्वीर - बिजय घिसिङ्ग/ दोलखा

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१