सबै जात जाती र समुदायलाई उर्स कार्यक्रममा सहभागी हुन सदस्य मिर्जाको आग्रह

  • साउन ३१, २०७९
  • ८२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, साउन ३१ मुस्लिम आयोगका सदस्य माननीय मिर्जा अरशद बेगले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगरमा रहेको धर्मगुरु स्व. मुफ्ती अतिकुर्रहमान खा“ साहब (बाबा ए मिल्लत) को स्मरणमा गरिन लागेको उर्स कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । कृष्णनगर नगरपालिका वडा नं ३ को लक्ष्मीनगरमा रहेको मदरसा अहले सुन्नत फैजे मुस्तफा अतिकियाको परिसर भित्र आगामी शुक्रवार बाबा ए मिल्लतको उर्स कार्यक्रममा विशेष कार्यक्रम आयोजना गरिंदैछ । सदस्य बेगले उक्त कार्यक्रममा सहभागि भएर श्रद्धा बढाइदिन सबै धर्म र जात जातीका समुदायलाई आग्रह गरेका छन् । “यो मुस्लिम समुदायका व्यक्तिको मात्र खुसियाली होइन”, उनले भने, “जातीय र धार्मिक सद्भाव कायम गराउन उहा“को भूमिका भएकाले यो उर्स कार्यक्रममा सबै समुदायका व्यक्तिहरुलाई सहभागी भइदिन म आग्रह गर्दछु ।”

प्रत्येक बर्षको हिजरी सम्बत्को मोहर्रम महिनाको २० तारिखका दिन उनको स्मरणमा “उर्स कार्यक्रम” मनाइने गरिन्छ । ३९ औं स्मरण दिवसमा बेगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, मुस्लिम आयोगका अध्यक्ष समिम मिया“ अन्सारी, लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूदमन्त्री वसीउद्दीन खा“, भौतिक पूर्वाधामन्त्री सहसराम यादव र पर्यटन ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपाललगायतलाई आमन्त्रण गरिएको छ । उर्स कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतलगायत कार्यालयका प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरुलाईसमेत आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

नवराजपुर-१ श्री अवधि ...

ओम प्रकाश यादव लहान, १ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित श्री अवधि फेकनी आधारभूत विद् ...

शिक्षा नै प्रगतिको आ ...

लहान / भदौ ३१ । स्वतन्त्र नाई संघ (एस.एन.एस) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार ...

लहान १५ हात्तीदहको ...

लहान  भदौ ३१ । सिरहा जिल्लाको लहान नगरपालिका १५ हात्तीदहस्थित मुख्य गेट नजिकैको एक सानो पसलमा च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१