ताजा समाचार

सबै जात जाती र समुदायलाई उर्स कार्यक्रममा सहभागी हुन सदस्य मिर्जाको आग्रह

  • साउन ३१, २०७९
  • ९७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, साउन ३१ मुस्लिम आयोगका सदस्य माननीय मिर्जा अरशद बेगले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगरमा रहेको धर्मगुरु स्व. मुफ्ती अतिकुर्रहमान खा“ साहब (बाबा ए मिल्लत) को स्मरणमा गरिन लागेको उर्स कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । कृष्णनगर नगरपालिका वडा नं ३ को लक्ष्मीनगरमा रहेको मदरसा अहले सुन्नत फैजे मुस्तफा अतिकियाको परिसर भित्र आगामी शुक्रवार बाबा ए मिल्लतको उर्स कार्यक्रममा विशेष कार्यक्रम आयोजना गरिंदैछ । सदस्य बेगले उक्त कार्यक्रममा सहभागि भएर श्रद्धा बढाइदिन सबै धर्म र जात जातीका समुदायलाई आग्रह गरेका छन् । “यो मुस्लिम समुदायका व्यक्तिको मात्र खुसियाली होइन”, उनले भने, “जातीय र धार्मिक सद्भाव कायम गराउन उहा“को भूमिका भएकाले यो उर्स कार्यक्रममा सबै समुदायका व्यक्तिहरुलाई सहभागी भइदिन म आग्रह गर्दछु ।”

प्रत्येक बर्षको हिजरी सम्बत्को मोहर्रम महिनाको २० तारिखका दिन उनको स्मरणमा “उर्स कार्यक्रम” मनाइने गरिन्छ । ३९ औं स्मरण दिवसमा बेगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, मुस्लिम आयोगका अध्यक्ष समिम मिया“ अन्सारी, लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूदमन्त्री वसीउद्दीन खा“, भौतिक पूर्वाधामन्त्री सहसराम यादव र पर्यटन ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपाललगायतलाई आमन्त्रण गरिएको छ । उर्स कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतलगायत कार्यालयका प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरुलाईसमेत आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤