Siraha Times
ताजा समाचार

शौचालय व्यबस्थितमा ध्यानाकर्षण गर्दै नवलपरासी यूवा समाज

  • साउन ३१, २०७९
  • १०४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ३१ । नवलपरासीको सदरमुकाम परासी बुद्धचोंकस्थित निर्मित सार्वजनिक शौचालय सञ्चालनमा नवलपरासी यूवा समाजले आफनो ध्यानाकर्षण भएको बताएका छन् । निर्मित अब्यबस्थित सार्वजनिक शौचालय हालसम्म पनी सन्चालन र सुचारुमा नआएकोले यसलाई तत्काल सुचारु गराऊनको लागी नवलपरासी युवा समाज अगाडी आउने भएका छन् । शौचालयलाई सञ्चालनको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षणको लागि शौचालय परिसरमा यूवा समाजका सदस्य लगायत परासीका समस्त बुद्धिजीवीहरलाई शौचालय नजिक भेला गराई सुचारु गर्नको लागी नगरपालिकालाई ध्यानाकर्षण गर्ने भएको छ साथै यसलाई कार्यान्वयन गराउनको लागी साथ सहयोगको लागी आम स्थानीयमा समाजका अध्यक्ष धर्मेन्द्र गिरीले अनुरोधसमेत गरेका हुन् । शौचालयको अभावमा पुरुष भन्दा महिलालाई बढ़ी सास्ती र दुःख भोग्नु परिरहेकोले तत्काल सञ्चालनको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका समाजका उपाधयक्ष नरेन्द्र मिश्राले टेलिफोन मार्फत जानकारी गराउनु भएको छ । यता शौचालय सञ्चालनमा रामग्राम नगरपालिका सकारात्मक रूपमा अघि बढ्ने श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१