ताजा समाचार

कांग्रेसले विरोध जनाउँदै कोण सभा

  • साउन ३०, २०७९
  • ८९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ३० । नेपाली राजनीतिक क्षितिजमा भइरहने खिचातानीले गर्दा देशभरी विरोधका कार्यक्रम भइरहेको छ । राष्टपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे लिएको निर्णयको विरोधमा नेपाली कांग्रेस लगायत विभिन्न राजनीतिक दलहरूले देशभरी विरोध गरिरहेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिरहाले धनगढीमाईको जिरोमाइल स्थित पूर्व पश्चिम राजमार्गमा एक घण्टे चक्का जाम गरेको छ । नेपाली कांग्रेस पार्टीले गरेको सांकेतिक विरोधमा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेकाे थियो । सडकमा विरोध कार्यक्रम अर्थात् कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले नागरिकता विधेयक माथि पुनर्विचार नगरिए आफूहरु आन्दोलित हुने बताउनुभएको ।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤