न्यायको लडाइ“मा निहारिका राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास

  • साउन २८, २०७९
  • १३७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

साउन २८ । आफूमाथि भएको अन्यायका विरुद्ध कहिले अनशन बसेर, कहिले धर्ना त कहिले आत्मदाहको प्रयास गरेकी निहारिका राजपूतको भविष्यमाथि राज्यले गरेको वेवास्ताले उनको जीवन थप संकटमा पर्नसक्ने सम्भावना देखिएको छ । गत जेठ महिनादेखि काठमाडौँमा अनशन बस्दैँ आएकी कुमारी आमा नामले परिचित धनुषाकी निहारिका राजपूतले आत्मदाहको प्रयास गरेकी छिन् । २१ महिनाको बच्चा लिएर आमरण अनशन समेत बसेकी उनले न्याय पाउने सम्भावना नदेखेपछि राष्ट्रपति भवन अगाडि गएर आत्मदाहको प्रयास गरेकी हुन् । तर, उनको प्रयास सफल हुन नदिई नेपाल प्रहरीले उनलाई जोगाएको छ । हुनत, उनले आफ्नो न्यायका लागि प्रयास भने नगरेकी होईनन्, अदालत, पुलिस, महिला अधिकारकर्मी देखि उनी कस÷कसकोमा पुगिनन् ? त्यसबाट पनि केही पार नलाग्ने देखेपछि उनले वसन्तपुरमा आमरण अनशन सुरु गरिन् ।

May be an image of 2 people, child, people sitting and indoor

सो अनशनमा विभिन्न सहमति गराएर गृहमन्त्री बालकृष्ण खाँड र महिला आयोगका पदाधिकारीले होडबाजीमै जुस पिलाए, उनको अनशन तोडियो । तर, ती व्यक्तिहरु आज उनको साथमा छैनन्, न्याय नपाउने निश्चित भएपछि उनले पुन अनशन सुरु गरिन् ।दोश्रो चरणको अनशन सुरु गरेको आठ दिन बित्यो । तर, नेपाल सरकार र सरोकारवाला निकाय उनलाई न्याय दिलाउनुको सट्टा घटनाबारे बेखबर बनेपछि उनले विवश भएर आत्मदाहको प्रयास गरेकी हुन् । हुनत, उनको माग सरकार बेखवर हुनुपर्ने वा सरकारका विरुद्ध भने छैन । उनले आफूलाई बलात्कार गर्ने पुरुष खुलेआम घुमिरहेकोले आरोपीलाई पक्राउ गरी बच्चासँग डीएनए म्याच गराउनुपर्ने माग राख्दै आएकी छिन् ।

जनकपुर उच्च अदालतमा दिएको पुनरावेदनको पेसी चाँडो तोक्न उनले आग्रह गर्दै आएकी छिन् । तर, उनको मुद्धाको पेसी सरेको सरेकै गरेपछि उनी विवश भएर राज्यलाई दबाव दिन आत्मदाह गर्ने अवस्थामै आईपुगेकी छिन् । तर, यसमा न सरकारले चासो देखाएको छ न त कुनै महिलावादी संस्थाहरुले । तसर्थ पनि उनी न्यायका लागि एक्लै चिच्याउँदै, कराउँदै विभिन्न स्थानमा गएर अनशन बस्दै आएकी छिन् । तर, उनलाई कानूनी ज्ञानको अभाव हुँदा भने उनले सुरुमा ती आरोपीलाई श्रीमान भनेकी छिन् । पछि भने ती व्यक्ति श्रीमान नभएर बलात्कारी भएको र निवेदनमा गरिएको हस्ताक्षर फर्जी भएको उनको भनाई छ । उक्त आरोपित व्यक्तिले आफूलाई बेहोस बनाएर बलात्कार गरेको हुँदा बच्चासँग उक्त व्यक्तिको डिएनए टेस्ट गराउनुपर्ने उनको माग छ । आफूमाथि भएको अन्यायका विरुद्ध कहिले अनशन बसेर, कहिले धर्ना त कहिले आत्मदाहको प्रयास गरेकी निहारिका राजपूतको भविष्यमाथि राज्यले गरेको वेवास्ताले उनको जीवन थप संकटमा पर्नसक्ने सम्भावना देखिएको छ । न्यायको खोजीमा जनकपुर देखि काठमाडौँका गल्ली गल्ली धाईरहेकी निहारिकालाई सरकारले छिटो न्याय दिनुको विकल्प देखिदैँन ।

May be an image of 3 people, child, people sitting and indoor

प्रतिक्रिया दिनुहोस

बब्लु गुप्ताको प्रेर ...

बिरेन्द्र् प्रसाद नेपाल लहान, ११ कात्तिक। सिरहा लहानका बब्लु गुप्ता आज देशका चर्चित युवा तथा खेलकुद ...

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१