Siraha Times
ताजा समाचार

मानविय सेवामा समर्पित हुदै नवलपरासी युवा समाज

  • साउन २८, २०७९
  • ११९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २८ । देशमा परिस्थितिको खयाल नगरी हचुवाको भरमा क्षिक्षक सेवा आयोगले परीक्षा सञ्चालनको मिती तय गर्दा परीक्षार्थीको बिचल्ली भएको छ । शिक्षक सेवा आयोग द्वारा साउन २८ गते शिक्षक अध्यापन अनुमति पत्रको परीक्षाको मिती तोक्दा परीक्षार्थीहरु यसपटक जनै पूर्णिमा मनाउनबाट वञ्चित भएका छन् । आयोगद्वारा निर्धारित परिक्षा केन्द्रहरूमा परीक्षार्थीको अत्यधिक चाप बढेपछि सदरमुकाम परासीमा परीक्षा अगावै पुगेका परीक्षार्थी हरु सडकमा बास बस्न विवस भएको देखेर नवलपरासी यूवा समाजले बासको व्यवस्था मिलाएका हुन् । परीक्षार्थीको बिजोग देखेर नवलपरासी यूवा समाजका प्रतिनिधिहरू बाइकमा तन्ना,डसना लिएर आपतमा परेकालाई परासीका बिभिन्न खाली घरहरूमा बासको व्यवस्था मिलाएका थिए । नवलपरासी युवा समाजका उपाध्यक्ष नरेन्द्र मिश्राले परीक्षार्थीको बिजोग स्थलगत अनुगमन गरी बुझेका थिए । अवलोकन पछि उहाँ आफै खटिएर आवस्यक ब्यबस्थापन गर्न लागीपरेको स्रोतले जनाएको छ । यता परीक्षार्थीको बिजोग समस्या समाधानको लागि आवस्यक सामग्री बोक्दै मानविय सेवामा जुटेका यूवा समाजका अध्यक्ष धर्मेन्द्र गिरी बिजोग अवस्थामा आफूले सेवा गर्नु मेरो नैतिक धर्म भएको हुनाले स्थलगत अनुगमन गरी व्यवस्थापकीय पक्षमा ध्यान केन्द्रित गरेको बताउँनु भएको छ । शिक्षक सेवा आयोगले परीक्षा सञ्चालनको लागि केन्द्र निर्धारण गर्दा विचार नपुगाउँदा समस्या खडा भएको स्थानीयको बुझाई रहेकाे देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

जेठाजुको कुटपिटबाट म ...

ओम प्रकाश यादव लहान, ५ असार। सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि आफ्नै ...

समर्पित शिक्षक टोलीक ...

रहमुल, लहान, ५ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित आधारभूत विद्यालय खाइरबोनामा ...

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१