Siraha Times
ताजा समाचार

चाइनाले उइगर मुस्लिम लाई कष्ट दिरहेको:- प्रवक्ता पठान

  • साउन २६, २०७९
  • ८९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विजयनगर, साउन २६ कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ दत्तपुरमा रहेको मदरसा अहले सुन्नत गौसीयाको प्राङ्गणमा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा इस्लामको महत्व तथा मुस्लिम समुदायको विश्वस्तरीय अवस्थाको बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छl कार्यक्रममा अतिकुर्रहमान शाहको अध्यक्षता, प्रमुख अतिथिमा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका मौलाना मोहम्मद अकबर बरकाती, विशिष्ट अतिथिमा जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका महासचिव मुपीकुर्रहमान अहमद तथा अतिथिमा मोहर्म पठान, हाजी मो. याकुब, मो. अमीन खां, शहाबुद्दीन मनिहार लगायत रहनुभयो l कार्यक्रममा बोल्दै प्रमुख अतिथि मौलाना मोहम्मद अकबर बरकातीले मुस्लिम हरू एक आपसमा एकता बनाई तथा सबै धर्मप्रति सम्मान राखि अगाडि बढ्नु पर्नेमा जोड दिए, कार्यक्रममा बोल्दै विशिष्ट अतिथि जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले नेपालमा मुस्लिम समुदाय प्रति सबैको सम्मान रहेको बताउदै सिरिया, अफगानिस्तानमा मुस्लिम समुदायको जीवन कष्टकर रहेको बताउदै चाइनाले मुस्लिम समुदाय (उइगर मुस्लिम) लाई धेरै कष्ट दिरहेको बताए l कार्यक्रममा मुसिबत अलि खां, मो. सईद मनिहार, हाफिज वारिस अलि, मो. इकबाल खां, मो. इजाज खां, मो. शमी मियाँ, शकील शाह, जाहीद खां लगायत आठवटा जति मदरसाका अध्यक्ष तथा उलेमा लगायतको उपस्थित रहेको थियो l

प्रतिक्रिया दिनुहोस

रौतहटमा लागुऔषध ब्रा ...

रामअधार प्रसाद यादव, रौतहट, ५ अषाढ । रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले ब्राउन ...

जेठाजुको कुटपिटबाट म ...

ओम प्रकाश यादव लहान, ५ असार। सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि आफ्नै ...

समर्पित शिक्षक टोलीक ...

रहमुल, लहान, ५ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित आधारभूत विद्यालय खाइरबोनामा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१