लहानको फ्रेन्डसमोडल हस्पिटलमा डाक्टरको बढ्दो लापरबाहीले नवजात शिशुको मृत्यु

  • साउन २५, २०७९
  • १२२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/२५ साउन। सिरहाको लहानस्थित हस्पिटल चौकमा अवस्थित फ्रेन्डस मोडेल हस्पिटल प्रा.लि.मा डाक्टरको बढ्दो लापरबाहीले आज मंगलबार ४ बजे नवजात शिशुको मृत्युु भएको छ। घटना-१ सिरहाको सुखीपुर नगरपालिका दहीपौडीका रमेश कुमार यादवका श्रीमती सरिता कुमारी यादव श्रावण २२ गते राती १ बजे गर्भवती अवस्था अस्पताल भर्ना भएका थियोे । विशेष राती भएका कारणले अस्पतालका डाक्टर तथा नर्सहरुलाई हेर्दाहेर्दै ( कुर्दाकुर्दै ) बिहान भयो । बिरामी छट्पटाई छट्पटाई रात बिताइयो। न त त्यो राति डाक्टर आए, न त डिस्चार्ज गरेको पिडित पक्षले आरोप लगाएका छन। घटना-२ सोमबार बिहान बिना भिडियो एक्सरे रिपोर्ट बिनाको अस्पतालका डाक्टर बिरेन्द्र कुमार यादवले बिरामी पक्षको असहमतिमा अप्रेसन गरि दिएपछि , न त बच्चा बोल्थेँ, न त देख्थेँ ।

तापनि बच्चालाई उपचार गर्न आई.सि.यु. मा राखिएको थियोे । केही समयपछि " आमालाई " लहानमै राखेँ, तर, बच्चालाई धरान रिफर गरिदिए। तर, रिफर पश्चात् फर्किदा आज मंगलबार बच्चाको बाटैमा मृत्यु भएपछि आज बेलुका लहानस्थित बलान नदीमा बच्चाको अन्तेष्टि गरिएको पिडित पक्षले जनाएको छ। यता, आमालाई अहिलेसम्म फ्रेन्डस हस्पिटल प्रा.लि.मै भर्ना गरिएकै छ। हस्पिटलले अहिलेसम्म ४० हजारभन्दा बढीको बिलिङ्ग लिइसकेको पिडितका आफन्त दिपेश कुमार यादवले बताएका छन। उनका अनुसार एक डाक्टरले अप्रेसन बेलामा नाभि काटेको हुन सक्ने, आफ्नो गल्ती स्वीकार गरेका छन । यी र यस्ता कर्तुतले भरिएका हस्पिटलका डाक्टर तथा हस्पिटल संचालक/ व्यवस्थापकलाई हदैसम्म कार्वाही हुनुपर्ने पिडित पक्षले मांग गरेका छन। यता, हस्पिटल पक्षधरका डाक्टर , नर्स, हस्पिटल संचालकले पिडित पक्षलाई दबाब दिइएको र प्रहरी तथा मिडियामा नजान डरत्रास दिइएको पिडित रमेश कुमार यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१