ताजा समाचार

नापी कार्यालय लहान द्वारा गाउँ बल्क जग्गाको लाल पुर्जा वितरण

  • साउन २४, २०७९
  • १५७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २४ श्रावण - सिरहाको नापी कार्यालय लहान द्वारा हजारौं जग्गा धनीहरुलाई गाउँ बलक जग्गा धनी लालपुर्जा वितरण गरेका छन्।बर्सौ बर्ष देखि लाल पुर्जा बाट बन्चित रहेका गाउँ बलक जग्गा धनीहरुलाई नापी कार्यालय लहानद्वारा वितरण गरिएका छन्। सिरहा लहान नगरपालिका १९ र धनगढीमाई नगरपालिका १ का ३२४ जना र वाडा नम्बर २ का ११९ लगायत वाडाहरुमा वितरण गरिएको कार्यालय प्रमुख संजय कुमार सिंहले बताए। नापी कार्यालय लहानले ५८ वाटा पुरानो गाबिस हेर्ने गरेका छन्।धनगढीमा वाडा अध्यक्ष सुर्य नारायण यादवको नेतृत्वमा वितरण गरिएको थियो भने वाडा नम्बर २ का अध्यक्ष मोहम्मद हमिद मियाँ, र लहान १९ का अध्यक्ष मोहम्मद करुदिन राईनको नेतृत्व र अध्यक्षता गाउँ बलक प्रमाण पत्र लाल पुर्जा वितरण गरिएको र सरकारी सर रेट अनुसार लाल पुर्जा वाप्त ५५ रुपैयाको रसिद काटेर पुर्जा वितरण गरिएका छन्। लाल पुर्जा बाट बन्चित रहेका जग्गा धनीहरुले गाउँ बलक पुर्जा आउँदा आफु खुशी रहेको बताए। आफुहरु सहज रूपमा पुर्जा पाउदा नापी कार्यालयका प्रमुख र कार्यालय प्रति अभारी रहेको बताए।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤