ताजा समाचार

फोहोरले दुर्गन्धित बन्दै राजधानी

  • साउन २४, २०७९
  • १०१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २४ नेपालको राजधानी काठमाडौं फोहोरले दुर्गन्धित बन्दै गएको अवस्था रहेको पाइन्छ । सहरका मुख्य सडकको पेटीमा स्थानीयद्वारा निकालिएको फोहोर जम्मा गर्ने प्रवृत्ति बढेको पाइन्छ । महामहिम लगायत जलबायु परिवर्तनका चर्का नारा दिने सरकारी निकायहरू र गैरसरकारी संस्थाहरुको चर्का भाषण यतिबेला उदाङ्गिएको छ । राष्ट्र चलाउने राष्ट्र प्रमुखहरू भएको राजधानी यतिबेला फोहोरले सजिन थालेका देखिन्छन् । राजधानीका मुख्य चोकहरुमा यतिबेला फोहोर थुप्रिएका छन् । नेपाल प्रहरी र ट्राफिक प्रहरी नियमित ड्युटीमा खटिने मुख्य सडकहरु कोटेश्वर,कालीमाटी लगायतका ठाउँहरुमा फोहोर थुप्रिएको दृश्य सजिलै देख्न सकिन्छ । राष्ट्रपति , प्रधानमन्त्री लगायत उच्छ ओहदाका व्यक्तित्वहरू रहेको राजधानी काठमाडौंलाई फोहोरबाट मुक्त गर्न नसक्नु दुःखद पक्ष मानिन्छ । सभाको स्टेजमा ठूला ठूला भाषण गरेर राष्ट्रियताको सवालमा ओकालात गर्ने सामाजिक अभियन्ता र नेता गणहरुको आँखा किन जाँदैन फोहोर व्यवस्थापनमा ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤