प्रधानमन्त्री देउवासगँं आसन्न निर्वाचन बारे सांसद शाहले गरे विशेष छलफल

  • साउन २१, २०७९
  • १११० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, साउन २१ नेपाली काँग्रेसका युवा सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्री शेर बहादुर देउवासगँ भेटघाट गर्नु भएको छ । प्रधानमन्त्री देउवासगँं कपिलवस्तुको विकास र आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका बारेमा विशेष छलफल भएको सांसद शाहले बताउनु भयो । आगामी निर्वाचनमा कपिलवस्तुबाट काँग्रेस विजयी बनाउन प्रधानमन्त्री देउवाले आग्रह गरेको सांसद शाहले बताउनु भयो । उक्त भेटवार्तामा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले कृष्णनगरको विकासका बारेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको बताउनु भयो । कृष्णनगरमा ब्यवस्थित बसपार्क, ढल निकास सडक सन्जालमा केन्द्रिय सरकार तथा प्रधानमन्त्री अग्रसर रहेको मेयर शाहले बताउनु भयो । उक्त भेटघाट कार्यमा नेपाली काँग्रेस कपिलवस्तुका युवा नेता राजेश ज्ञवालीले पार्टीको बारेमा प्रधानमन्त्रीसगँ छलफल भएको बताउनु भयो । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रधानमन्त्री सकारात्मक रहेको युवा नेता ज्ञवालीले बताउनु भयो

प्रतिक्रिया दिनुहोस

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

लहानमा खैरो हिरोईन ज ...

रहमुल,लहान ४ पुस । सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढा चौकस्थित फुलवारीमा लागुऔषध बिक्री&nda ...

मिडियालाई स्वतन्त्र, ...

ओम प्रकाश यादव लहान पुष ४ । मिडियालाई स्वतन्त्र, सक्षम र जीवन्त राख्न संघ, प्रदेश र स्थानीय गरी तीनै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१