व्यवस्थापनको अभावमा दुर्गन्धित बन्दै सिमरा

  • साउन २१, २०७९
  • १२५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २१ । मधेश प्रदेशको बारा सिमरामा व्यवस्थापनको अभावमा बजारमा फोहोर थुप्रिए पछि जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २को मुख्य बजार डम्पिङ साइट बन्दै गएको छ । बारा जिल्लाको जितपुर सिमरा उप - महानगरपालिका वडा नम्बर २ स्थित रहेको सिमरा बजारबाट उत्सर्जित र संकलित फोहोरको उचित व्यवस्थापकीय पक्षमा ध्यान नदिँदा स्थानिय बजारकाे वातावरण दुर्गन्धित बन्न थालेको देखिन्छ स्थानिय बजारको घर तथा होटलबाट निस्केको फोहोरको उचित पहिचान र व्यस्थापन नभएकै कारण बजारमा दुर्गन्धका समस्या भोग्नु परिरहेको स्थानीयले बताएका छन् ्। हाल नगरका टोल बस्तीबाट सङ्कलित फोहरलाई जथाभावी खुलेआम रूपमा बजारका मूख्य चोकहरूमा फाल्दा र सार्वजनिक स्थानमा फोहरको अस्वाभाविक सिर्जना भएपनि सार्वजनिक जबाफदेही बोकेका नगरपालिकाले फोहर व्यस्थापनको लागि कुनै कार्य अगाडि नबढापछि नगरमा फोहोर थुप्रिन पुगेको स्थानियको आरोप छ । बजारको अव्यवस्थित फोहरका कारण वातावरण प्रदूषित हुनुका साथै संभावित रोगको प्रकोप फैलन सक्ने प्रवल सम्भावना रहेकाे स्थानीयहरुको भनाई रहेको छ । फोहर व्यवस्थापन गर्नका लागि सरकारले नगरपालिकालाई फोहोर बोक्ने गाडीसमेत उपलब्ध गराएको भए पनि नगरपालिकाले फोहोर फाल्ने स्थानकाे अभाव देखाउँदै पन्छिँदै आएको छ । स्थानियलाई उद्दृद् गर्दै सिमरा अपडेटले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपाल क्षेत्रीय ...

ओम प्रकाश यादव लहान मंसिर २९ । जनता समाजवादी पार्टी सिरहा जिल्लाका मेहिनेती नेता रामु महतो क्षेत्रीय ...

कृष्णनगरमा राष्ट्रीय ...

रवि प्रकाश कसौधन, कृष्णनगर, मंसिर २८ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजात ...

पिडरबनी फुटबल क्लबद् ...

लहान, मंसिर २८ । पिडरबनी फुटबल क्लबले आज श्री माध्यमिक विद्यालय पिडरबनी, लहान नगरपालिका–११ का ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१