Siraha Times
ताजा समाचार

म भारतिय नागरिक हु भन्दै विपक्षीले भ्रम फैलाउदै:उप मेयर मिरा यादव

  • साउन २१, २०७९
  • १५७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

परेस यादव (मरवैता),सप्तरी। श्रावण २१,२०७९ केही दिन देखि डाक्नेशवरी नगरपालिकाको उप मेयर र निजको श्रीमान भारतिय रहेको भनी सामाजिक संजालमा सामाचारको रुपमा आईरहेको छ। उक्त समाचार को सिलसिला मा हाम्रो टिम उपमेयर मिरा यादव संग अन्तर्वार्ता लिदा,उप मेयर यादव ले यो समाचार तथ्य बिहिन,षड्यन्त्र कारी र केही मिडियाहरु पनि एकतर्फी रुपमा सामाचार सम्प्रेषण गरेको बताएको छ। उनले केही मानिस खास गरी निर्वाचनमा पराजितहरु र विपक्षीले आफू माथी षड्यन्त्र रचेको र आजको युगमा कम्प्युटर र इनटरनेट चलाउने जो कोहीले पनि, जसको पनि, जस्तोसुकेै प्रमाणपत्र बनाउन सकिने बताएको छ। उप-मेयर मिरा यादव ले म भारतिय नगरिक हु या नेपाली त्यो अनुसंधान को विषय रहेको बताएको छ। विभिन्न संचार माध्यम बाट पुष्टि नै नभएको सम्प्रेषण गरिएको समाचार प्रति वहाले दुख: ब्यक्त गरेकी छिन।

को हुन त उपमेयर मिरा यादव (१) उपमेयर मिरा कुमारी यादवको माइती सप्तरीकै साबिक मधवापुर गा.बि.स.हो।निज बहुदल आएपछिको पहिलो जिल्ला सभापति बिरबल बिराजी परिवारको सदस्य हो।निजले अबिवाहितै अबस्थामा नागरिकता बनाउनु भएको हो। (२) निज मिरा कुमारी यादवको ससुरा सहदेव यादव २०२८सालको प्रबेशिका परीक्षा उत्तिर्ण गर्दा तत्कालिन नेपाली शिक्षा परिषद काठमाडौं,नेपालबाट लिए पाएको स्थानान्तर प्रमाणपत्रमा निजको ठेगाना जि.स.प्र.रायझमुना औरही र जन्ममिति २०११। ३ ।६ गते उल्लेख गरिएको छ। (३) निज मिरा कुमारी यादवको ससुरा सहदेव यादव तत्कालिन औरही गाउँ पंचायत वडा नं.३ मा २०११।३।६ जन्मिनु भएको र मिति २०३६।१२।१३ गते तत्कालिन श्री ५ को सरकार नापी बिभागबाट अस्थायी अमिन पदमा नियुक्ति पाई कामकाज गर्नु भएको थियो। (४) निज मिरा कुमारी यादवको श्रीमान महेन्द्र कुमार यादव भारतको शैक्षिक संस्थानमा अध्ययन गर्दा र उत्तिर्ण हुँदा लिए पाएको प्रमाणपत्रहरुमा बाबुको नाम सहदेव यादव र ठेगानामा औरही सप्तरी (नेपाल) लेखिएको छ।निज महेन्द्र कुमार यादवको जन्म तत्कालिन गाउँ पंचायत औरही वडा नं. ३ मा मिति २०३२।१।१५ गते भएको हो र निजले २०५२।२।१९ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता प्रमाणपत्र लिएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस

रौतहटमा लागुऔषध ब्रा ...

रामअधार प्रसाद यादव, रौतहट, ५ अषाढ । रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले ब्राउन ...

जेठाजुको कुटपिटबाट म ...

ओम प्रकाश यादव लहान, ५ असार। सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि आफ्नै ...

समर्पित शिक्षक टोलीक ...

रहमुल, लहान, ५ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित आधारभूत विद्यालय खाइरबोनामा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१