बलात्कारका आरोपित छुटाउन मेयर र वडाध्यक्षको दौडधुप, ईन्सपेक्टरले झपारेपछि भागे

  • साउन २१, २०७९
  • १३९१ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

जनकपुरधाम । धनुषा जिल्लाको शहिदनगर नगरपालिकास्थित एक नाबालिगसँग एक होटलमा बलात्कार भएको भन्दै परिवारजनले प्रहरीमा उजुरी लिएर पुगेपछि केही जनप्रतिनीधिहरु घटना मिलाउन दबाब सृजना गरेको खुलेको छ । शहिदनगर नगरपालिका वडा नम्बर ३ नेपाल विद्युत प्राधीकरणको गेट अगाडी रहेको होटल रोयल एण्ड फैमिली रेस्टुरेन्टमा विहिबार राती एक नाबालिगसँग बलात्कार भएको भन्दै नाबालिकको परिवारजन प्रहरीमा उजुरी दिएपछि शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव र वडा नं. ३ का वडाध्यक्ष मनोज दास दौडधुप सुरु गरेको बताइएको छ । शुक्रबार दिउँसो बलात्कार आरोपमा एक युवकमाथि मुद्दा समेत दर्ता भएको प्रहरीले जनाएको छ । बलात्कार आरोपितलाई छुटाउन नगरपालिकाको मेयर र वडाध्यक्ष नै दौडधुप सुरु गरेको बताइएको छ ।  शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय यदूकुहामा वडाध्यक्ष मनोज दास र मेयर दिनेश प्रसाद यादवले दबाब सृजना गर्न खोजेपछि यदुकूहाका ईन्सपेक्टर हरिविष्णु ढकालले दुवै जनालाई झपारेको गोप्य श्रोतले बताएको छ ।                                               

ईन्सपेक्टर ढकालले सख्ती देखाएपछि दुवै जना निरास भएर ईलाका प्रहरीबाट निस्केका थिए । नाबालिक बलात्कार जस्तो घटनामा जनप्रतिनीधिले कारवाहीको लागि दबाब दिनुको साटो आरोपित छुटाउनको लागि दबाब दिएपछि ईन्सपेक्टर ढकालले उनीहरुलाई झपारेका थिए । विहिबार राती करिब १ बजेको समयमा नाबालिकलाई घरबाट उठाएर होटलमा लगी बलात्कार गरेको आरोपसहित परिवारजनले शुक्रबार नै मुद्दा दर्ता गराएको हो । सो मुद्दामा प्रक्रिया अगाडी बढाइएको छ ।मुचुल्का समेत गरेको छ । यद्यपी, अहिलेसम्म होटल भने सील गर्न सकेको छैनन् । यदुकूहा–बीरेन्द्रबजार जाने सडकखण्डमा रहेको होटल रोयल एण्ड फैमिली रेष्टुरेन्ट बेलुकी ९ बजे बन्द हुने गरेकोमा राती सो होटलमा करिब १ बजेको समयमा घटना हुँदा होटल सँचालकको समेत प्रत्यक्ष सँलग्नता रहेको बुझिएको छ । त्यहाँस्थित रहेको सो होटेलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । यद्यपी, प्रहरी पुग्दा सो सिसिटिभी क्यामेरा बिग्रेर राखिएको भनेर होटल सँचालक सरोज पूर्वेले प्रहरीलाई प्रतिक्रिया दिएपछि पुर्वे प्रहरीको शँकाको घेरामा परेका छन् । यता, वडाध्यक्ष मनोज दास र मेयर दिनेश प्रसाद यादवले आफूहरु यस्तो आरोपितलाई कुनै पनि हालातमा सिफारिस नगर्ने बताएका छन् । उनले आरोपित छुटाउन प्रहरीलाई दबाब दिएको जिज्ञासामा आरोपलाई ईन्कार गर्दै खण्डन गरे । उनले एक जनप्रतिनीधि भएर यस्ता कार्यको लागि कुनै पनि हालातमा सिफारिस नगरिएको बताए । आरोपितको अपराध साबित भए कानुन बमोजिम कारवाहीको लागि उनले आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१