ताजा समाचार

बलात्कारका आरोपित छुटाउन मेयर र वडाध्यक्षको दौडधुप, ईन्सपेक्टरले झपारेपछि भागे

  • साउन २१, २०७९
  • १५९१ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

जनकपुरधाम । धनुषा जिल्लाको शहिदनगर नगरपालिकास्थित एक नाबालिगसँग एक होटलमा बलात्कार भएको भन्दै परिवारजनले प्रहरीमा उजुरी लिएर पुगेपछि केही जनप्रतिनीधिहरु घटना मिलाउन दबाब सृजना गरेको खुलेको छ । शहिदनगर नगरपालिका वडा नम्बर ३ नेपाल विद्युत प्राधीकरणको गेट अगाडी रहेको होटल रोयल एण्ड फैमिली रेस्टुरेन्टमा विहिबार राती एक नाबालिगसँग बलात्कार भएको भन्दै नाबालिकको परिवारजन प्रहरीमा उजुरी दिएपछि शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव र वडा नं. ३ का वडाध्यक्ष मनोज दास दौडधुप सुरु गरेको बताइएको छ । शुक्रबार दिउँसो बलात्कार आरोपमा एक युवकमाथि मुद्दा समेत दर्ता भएको प्रहरीले जनाएको छ । बलात्कार आरोपितलाई छुटाउन नगरपालिकाको मेयर र वडाध्यक्ष नै दौडधुप सुरु गरेको बताइएको छ ।  शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय यदूकुहामा वडाध्यक्ष मनोज दास र मेयर दिनेश प्रसाद यादवले दबाब सृजना गर्न खोजेपछि यदुकूहाका ईन्सपेक्टर हरिविष्णु ढकालले दुवै जनालाई झपारेको गोप्य श्रोतले बताएको छ ।                                               

ईन्सपेक्टर ढकालले सख्ती देखाएपछि दुवै जना निरास भएर ईलाका प्रहरीबाट निस्केका थिए । नाबालिक बलात्कार जस्तो घटनामा जनप्रतिनीधिले कारवाहीको लागि दबाब दिनुको साटो आरोपित छुटाउनको लागि दबाब दिएपछि ईन्सपेक्टर ढकालले उनीहरुलाई झपारेका थिए । विहिबार राती करिब १ बजेको समयमा नाबालिकलाई घरबाट उठाएर होटलमा लगी बलात्कार गरेको आरोपसहित परिवारजनले शुक्रबार नै मुद्दा दर्ता गराएको हो । सो मुद्दामा प्रक्रिया अगाडी बढाइएको छ ।मुचुल्का समेत गरेको छ । यद्यपी, अहिलेसम्म होटल भने सील गर्न सकेको छैनन् । यदुकूहा–बीरेन्द्रबजार जाने सडकखण्डमा रहेको होटल रोयल एण्ड फैमिली रेष्टुरेन्ट बेलुकी ९ बजे बन्द हुने गरेकोमा राती सो होटलमा करिब १ बजेको समयमा घटना हुँदा होटल सँचालकको समेत प्रत्यक्ष सँलग्नता रहेको बुझिएको छ । त्यहाँस्थित रहेको सो होटेलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । यद्यपी, प्रहरी पुग्दा सो सिसिटिभी क्यामेरा बिग्रेर राखिएको भनेर होटल सँचालक सरोज पूर्वेले प्रहरीलाई प्रतिक्रिया दिएपछि पुर्वे प्रहरीको शँकाको घेरामा परेका छन् । यता, वडाध्यक्ष मनोज दास र मेयर दिनेश प्रसाद यादवले आफूहरु यस्तो आरोपितलाई कुनै पनि हालातमा सिफारिस नगर्ने बताएका छन् । उनले आरोपित छुटाउन प्रहरीलाई दबाब दिएको जिज्ञासामा आरोपलाई ईन्कार गर्दै खण्डन गरे । उनले एक जनप्रतिनीधि भएर यस्ता कार्यको लागि कुनै पनि हालातमा सिफारिस नगरिएको बताए । आरोपितको अपराध साबित भए कानुन बमोजिम कारवाहीको लागि उनले आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤