Siraha Times
ताजा समाचार

सुरक्षा व्यवस्थालाई चुनौती दिँदै सांघातिक हमला

  • साउन २०, २०७९
  • १०२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २० । नेपाली राजनीतिक इतिहासमा परिवर्तनको नाममा शैक्षिक संस्थाहरुमा वातावरण खलबलिन थालेपछि तत्कालीन युद्धरत समुहहरु र सरकारले शैक्षिक संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गरेको अवस्था रहेको पाइन्छ । ज्ञान प्राप्तिको भण्डार अर्थात् पवित्र मन्दिरमा सुरक्षा व्यवस्थालाई चुनौती दिँदै दिन डहाडै शिक्षकमाथि आक्रमण हुनु निन्दनीय कार्य पक्कै पनि मानिन्छ । मधेश प्रदेश अन्तरगत धनुषा जिल्लाको जनकपुर धाम उप- महानरपालिका वडा नं ४ मा रहेको पब्लिक युथ क्याम्पसका सहायक क्याम्पस प्रमुख माथि गत शुक्रवार विहान करिव १० बजेको समयमा उनी कार्य गरिरहेको कार्यकक्षमा केही आपराधिक मानसिकताका समुहले सांघातिक आक्रमण गर्दा झा सख्त घाइते हुनुभएको थियो । आक्रमणमा परी झाको टाउकोमा गंभीर चोट लागि क्याम्पस परिसरमा उनी अचेत भई ढलेका थिए । झा घाइते भएको दिन पब्लिक युथ क्याम्पसमा त्रिभुवन विश्वविद्यालय मानविकी संकाय अन्तर्गत स्नातक तीनवर्षे कार्यक्रम अन्तर्गत स्नातक दोश्रो वर्षको परीक्षा सञ्चालन भइरहेको थियो । घटनाको घोर भर्त्सना गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( एन प्याब्सन ) ले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषी माथि कानुनी कारवाहीकाे माग गरेका छन् ।

एन प्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डव हमाल द्वारा जारी विज्ञप्तिमा भनिएको छ " शान्ति क्षेत्र घोषित स्थानमा दिन डहाडै क्याम्पस प्रमुख माथि गरिएको सांघातिक हमलाले नेसनल प्याब्सन लगायत मुलुकको शिक्षा क्षेत्रनै स्तब्ध भएको छ ' मधेश प्रदेशको राजधानी सहरमा यसरी शैक्षिक वातावरण खलबलिने गरी गरिएको आक्रमणले त्यहाँका सुरक्षा व्यवस्थालाई ठाडो चुनौती दिएको अवस्था रहेको सहजै अनुमान गर्न सकिन्छ भने दोषीको पत्ता लगाएर कडा कानूनी कारवाही हुनुपर्छ भन्ने मान्यता स्थानियहरुको रहेको झाको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१