ताजा समाचार

शहिदनगरको रोयल होटेलमा नाबालिगसँग बलात्कार आरोपमा प्रहरीमा उजुरी

  • साउन २०, २०७९
  • १२५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषा जिल्लाको शहिदनगर नगरपालिकास्थित एक नाबालिगसँग एक होटलमा बलात्कार भएको भन्दै परिवारजनले प्रहरीमा उजुरी लिएर पुगेका छन् । शहिदनगर नगरपालिका वडा नम्ब ३ नेपाल विद्युत प्राधीकरणको गेट अगाडी रहेको होटल रोयल एण्ड फैमिली रेस्टुरेन्टमा विहिबार राती एक नाबालिगसँग बलात्कार भएको भन्दै नाबालिकको परिवारजन प्रहरीमा उजुरी दिन पुगेका हुन् । गएराती करिब १ बजेको समयमा नाबालिकलाई घरबाट उठाएर होटलमा लगी बलात्कार गरेको परिवारजनलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय यदुकूहाले उजुरी दिन परिवारजन आएको जनाएको छ । एक १४ बर्षिय नाबालिकसँग २२ बर्षिय युवकले सो होटलमा लगेर बलात्कार गरेको आरोप छ ।

Open photo

यदुकूहा–बीरेन्द्रबजार जाने सडकखण्डमा रहेको होटल रोयल एण्ड फैमिली रेष्टुरेन्ट बेलुकी ९ बजे बन्द हुने गरेकोमा राती सो होटलमा करिब १ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी ईन्सपेक्टर हरिविष्णु ढकालका अनुसार, बालिका पक्षले उजुरी लिएर ईलाका प्रहरीमा आएपछि घटनास्थलको मुचुल्का गरेको बताए । उनले कागज मिलान कार्य जारी रहेको बताउँदै पीडित भनिएकी नाबालिकको स्वास्थ्य परीक्षणको लागि जनकपुरधाम पठाउने तयारी गरेको बताए । त्यहाँस्थित रहेको सो होटेलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । यद्यपी, प्रहरी पुग्दा सो सिसिटिभी क्यामेरा बिग्रेर राखिएको भनेर होटल सँचालक सरोज पूर्वेले प्रहरीलाई प्रतिक्रिया दिएका छन् । यस घटनाको बारेमा थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤