शहिदनगरको रोयल होटेलमा नाबालिगसँग बलात्कार आरोपमा प्रहरीमा उजुरी

  • साउन २०, २०७९
  • १००४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषा जिल्लाको शहिदनगर नगरपालिकास्थित एक नाबालिगसँग एक होटलमा बलात्कार भएको भन्दै परिवारजनले प्रहरीमा उजुरी लिएर पुगेका छन् । शहिदनगर नगरपालिका वडा नम्ब ३ नेपाल विद्युत प्राधीकरणको गेट अगाडी रहेको होटल रोयल एण्ड फैमिली रेस्टुरेन्टमा विहिबार राती एक नाबालिगसँग बलात्कार भएको भन्दै नाबालिकको परिवारजन प्रहरीमा उजुरी दिन पुगेका हुन् । गएराती करिब १ बजेको समयमा नाबालिकलाई घरबाट उठाएर होटलमा लगी बलात्कार गरेको परिवारजनलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय यदुकूहाले उजुरी दिन परिवारजन आएको जनाएको छ । एक १४ बर्षिय नाबालिकसँग २२ बर्षिय युवकले सो होटलमा लगेर बलात्कार गरेको आरोप छ ।

Open photo

यदुकूहा–बीरेन्द्रबजार जाने सडकखण्डमा रहेको होटल रोयल एण्ड फैमिली रेष्टुरेन्ट बेलुकी ९ बजे बन्द हुने गरेकोमा राती सो होटलमा करिब १ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी ईन्सपेक्टर हरिविष्णु ढकालका अनुसार, बालिका पक्षले उजुरी लिएर ईलाका प्रहरीमा आएपछि घटनास्थलको मुचुल्का गरेको बताए । उनले कागज मिलान कार्य जारी रहेको बताउँदै पीडित भनिएकी नाबालिकको स्वास्थ्य परीक्षणको लागि जनकपुरधाम पठाउने तयारी गरेको बताए । त्यहाँस्थित रहेको सो होटेलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । यद्यपी, प्रहरी पुग्दा सो सिसिटिभी क्यामेरा बिग्रेर राखिएको भनेर होटल सँचालक सरोज पूर्वेले प्रहरीलाई प्रतिक्रिया दिएका छन् । यस घटनाको बारेमा थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

विगत दश वर्ष भित्र द ...

रहमुल लहान १४ कार्तिक । यहाँ पछिल्ला करिब दस वर्ष (लगभग आ.ब.२०७२/७३ पछि) भित्र नेपालमा शिक्षा, ...

श्री राजाजी तुलसीलाल ...

रासिन्द्र यादव सप्तरी कात्तिक १४  । सिस्वा/बेलही स्थित श्री राजाजी तुलसीलाल जोन्छे जनता माध्यमि ...

मन्त्री बब्लु गुप्ता ...

लहान, १३ कार्तिक । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले खेलमैदानको जग्गा खोजेर खेलकुदलाई व्यस्थित ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१