जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी–२ बाट निर्वाचन लड्ने

  • साउन २०, २०७९
  • ९६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी–२ बाट निर्वाचन लड्ने भएका छन् । यसअघि यो क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जितेका थिए । जनमत पार्टीका प्रवक्ता चन्दन सिंहका अनुसार राउतको घर पनि यही क्षेत्रमा पर्छ । गत स्थानीय निर्वाचनमा राउतको घर रहेको वडा महादेवा गाउँपालिका–२ मा जनमत पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको थियो । सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका र बलानबिहुल गाउँपालिकाका प्रमुख पदमा जनमत पार्टीले जितेको छ । मधेस आन्दोलनको केन्द्र भएकाले राउतले यही क्षेत्र रोजेको प्रवक्ता सिंहले जानकारी दिए ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिके राउतले सप्तरी-२ बाट चुनाव लड्ने भएका छन्। जनमत पार्टीका अध्यक्ष राउतले यसअघि २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी २ बाट चुनाव लड्न लागेको पार्टी प्रवक्ता चन्दन सिंहले सेतोपाटीलाई जानकारी दिए। सिंहका अनुसार राउतको घर पनि यही क्षेत्रमा पर्छ।  गत स्थानीय चुनावमा यो क्षेत्रका केही वडामा जनमत पार्टीले जितेको थियो। राउतको घर रहेको वडा सप्तरीको महादेवा गाउँपालिका– २ मा जनमत पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको थियो। यस्तै सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका र बलानबिहुल गाउँपालिकामा प्रमुख पदमा जनमत पार्टीले जितेको छ।

हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमत पार्टीका वीरेन्द्र माझीले जसपाका उम्मेदवारलाई हराएर मेयर जितेका थिए। यस्तै बलानबिहुल गाउँपालिकामा कांग्रेसका उम्मेदवारलाई हराउँदै जनमत पार्टीका उम्मेदवार खेमचन्द्र यादव र रेणु यादव अध्यक्ष र उपाध्यक्ष चुनिएका हुन्। मधेस आन्दोलनको केन्द्र भएकाले राउतले यही क्षेत्र रोजेको प्रवक्ता सिंहले जानकारी दिए।मूलधारको राजनीतिमा आएको दुई वर्षपछि जनमत पार्टीले यसअघि स्थानीय निर्वाचनमा भाग लिएको थियो।  २४ फागुन २०७५ मा जनमत पार्टी र सरकारबीच शान्तिपूर्ण सम्झौता भएको थियो।ओली नेतृत्वको सरकारले उनीसँग ११ बुँदे सहमति गरेको थियो।त्यसयता जनमत पार्टीले तराई मधेस केन्द्रित रहेर आफ्नो राजनीति अगाडि बढाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१