Siraha Times
ताजा समाचार

सप्तरीबाट डा.यादव प्रदेशसभाको सम्भावित उम्मेदवार

  • साउन २०, २०७९
  • ९८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजविराज सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को (ख)बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सम्भावित उम्मेदवारको रुपमा शरद सिंह यादवको नाम चर्चामा रहेको छ।लोसपा केन्द्रिय कमिटीमा आबद्ध युवा नेता डा.यादव उक्त क्षेत्रबाट उम्मेदवारी दिने घोषणा सँगै चर्चा चलेको हो। प्रदेशसभाको( ख)मा पर्ने महादेवा गाउँपालिका वडा नम्बर ३ बथनाहा गाउँ जन्मथलो भएका यादवले निस्वार्थ जनताको सेवा गर्ने भावले उम्मेदवारी दिने बताएका छ्न।डा.यादव तत्कालीन सदभावना पार्टीका प्रभावशाली नेता योगेन्द्र यादवका छोरा हुन।यस निर्वाचन क्षेत्रमा नेपालकै प्रचलित शहर राजविराज समेत पर्छन् ।राजविराज शहर समेत परेकाले यो क्षेत्रको उम्मेदवारी अर्थपुर्ण रहने विश्लेषण भईरहेको छ। पब्लिकप्रेसकर्मीले डाक्टर यादवलाई यसै क्षेत्रबाट उम्मेदवारी किन भनेर जिज्ञासा् राख्दा उहाँले अस्तव्यस्त राजविराज शहरको बिकासमा महत्त्वपूर्ण योगदान पुर्याउन आफ्नो उम्मेदवारी रह्ने बताए ।

"राजविराज शहरको स्थिति कसैबाट लुकेको छैन ।दिनानुदिन यो शहर अव्यवस्थित हुँदै गएको छ।व्यापारीहरु विस्तारै पलायन भईरहेको अवस्था छ।यहाँको शैक्षिक संस्थाहरुको गुणस्तर दिनानुदिन खस्किदैँ गएको छ।देशको अन्य ठाउँबाट अभिभावकले विद्यार्थी पढाउने यो शहरको शैक्षिक अवस्था अचेल चिन्ताजनक अवस्थामा पुगेको छ।सप्तरीकै अभिभावकले आफ्नो विद्यार्थी अहिले राजविराजमा पढाउन मानेका छैन ।यो शहरको बेथिति सतहमै देखिएको छ।यस शहरमा पर्ने देशकै जेठो अञ्चल अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालमा रुपान्तरण भएपनि प्रभाव खस्किदैँ गएको विडम्बना छ।यहाँको सडकमा सुधार आउन सकेको छैन ।अव्यवस्थित पार्किङको अवस्था छ।यस्तै बेथितिमा सुधार हुने आम जनताको अपेक्षा परिपुर्ति गर्न आफ्नो उम्मेदवारी हुने"उनले बताए । सप्तरी निर्वाचन क्षेत्र न.२ को (ख)मा महादेवा गाउँपालिकाको वडा नम्बर १ र ३ तथा राजविराज नगरपालिका पर्छन् ।पछिल्लो निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीको गठबन्धनबाट मनिष सुमनले जित हात पारेका थिए ।आउँदो मंसिर ४ मा हुने निर्वाचनमा समेत यस क्षेत्रमा प्रभावशाली उम्मेदवारहरु उठने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस

रौतहटमा लागुऔषध ब्रा ...

रामअधार प्रसाद यादव, रौतहट, ५ अषाढ । रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले ब्राउन ...

जेठाजुको कुटपिटबाट म ...

ओम प्रकाश यादव लहान, ५ असार। सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि आफ्नै ...

समर्पित शिक्षक टोलीक ...

रहमुल, लहान, ५ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित आधारभूत विद्यालय खाइरबोनामा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१