ताजा समाचार

विदेशबाट नेपाल फर्कदा अब सीसीएमसी फारम भर्न नपर्ने

  • साउन २०, २०७९
  • १०११ पटक पढिएको
  • रामएकवाल राम
alt

दोहा - विदेशबाट नेपाल आउने नेपालीसहित सबै यात्रुले अब कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र( सीसीएमसी) फारम भर्न नपर्ने भएको छ ।

यसअघि विदेशबाट यात्रा गर्ने यात्रुले यात्रा पूर्व नै सीसीएमसीको फारम अनिवार्य भर्नुपर्ने नियम भए पनि अबदेखि यो नियम हटाइएको अध्यागमन विभागले सूचना जारी गरेको छ ।कोरोना महामारीको नयाँ भेरियन्टको सङ्क्रमण रोकथामका लागि भन्दै हवाई मार्ग तथा स्थल मार्ग भई नेपाल प्रवेश गर्ने यात्रुहरूले सीसीएमसीको फारम अनिवार्य भर्नु पर्ने नियम लागू गरिएको थियो ।

अब भने यात्रुले यो फारम भर्न पर्दैन । तर नेपाल यात्रा गर्दा कोरोनाको खोप लगाएको प्रमाणपत्र भने पेस गर्नुपर्छ । खोप लगाएको प्रमाण नभएमा ७२ घण्टा भित्रको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤