Siraha Times
ताजा समाचार

सिरहामा सगरमाथा इन्स्योरेन्स कम्पनीले गर्यो , ५० लाखको बिमा दावी रकम भुक्तानी

  • साउन १९, २०७९
  • १२२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , १९ साउन । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय लहान सिरहाले आज ५० लाख बराबरको बिमा दावी रकम भुक्तानी गरेको छ । उक्त रकम बराबरको चेक सिरहाको योग लक्ष्मी ढुवानी सेवा मिर्चैया नगरपालिका वडा नम्बर - ६ थाना चौकका संचालक उमेश कुमार साहलाई एक कार्यक्रम बिच कम्पनीका लहान शाखाका प्रमुख भानु प्रताप सिंहले  हस्तान्तरण गरेको हो  । भारत ब्यन्ज कम्पनीको १० पाङ्ग्रे टिपर गत २०७८ चैत्र ११ गते उदयपुर जिल्लाको गलटार स्थित दुर्घटना भएको थियो ।  संचालक साहले कम्पनीमा ५७ लाख ५० हजारको निर्जीवन बीमा गराएका थिए । उनले भने, 'मैले बार्षिक ८१ हजार बीमा बापतको रकम कम्पनीलाई तिर्दै आईरहेको थिए । दुर्घटना भएको ४ महिना पनि नपुग्दै कम्पनीले सहज रुपमा दावी रकम भुक्तानी गरेकोमा खुसी व्यक्त गरे ।, कम्पनीले ६ बर्ष देखि लहानमा शाखा कार्यालय संचालन गर्दै आईरहेको शाखा प्रमुख सिंहले बताए । यस अबधिमा लहान शाखा मार्फत कम्पनीले ११ करोड ६१ लाखको ब्यपार गरेको छ भने ३ करोड ७६ लाखको बिमा बापतको दावी रकम भुक्तानी गरिसकेको छ , 'उनले भने।, कम्पनीले आफ्ना ग्राहकहरुलाई दावी भुक्तानीमा संवेदनशील रहँदै छिटोछरितो र सहजरुपमा भुक्तानी गर्दै आईरहेकोमा सबैको मन जित्न सफल भएको ग्राहकहरु बताउँछन्  ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१