सिरहामा सगरमाथा इन्स्योरेन्स कम्पनीले गर्यो , ५० लाखको बिमा दावी रकम भुक्तानी

  • साउन १९, २०७९
  • १११४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , १९ साउन । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय लहान सिरहाले आज ५० लाख बराबरको बिमा दावी रकम भुक्तानी गरेको छ । उक्त रकम बराबरको चेक सिरहाको योग लक्ष्मी ढुवानी सेवा मिर्चैया नगरपालिका वडा नम्बर - ६ थाना चौकका संचालक उमेश कुमार साहलाई एक कार्यक्रम बिच कम्पनीका लहान शाखाका प्रमुख भानु प्रताप सिंहले  हस्तान्तरण गरेको हो  । भारत ब्यन्ज कम्पनीको १० पाङ्ग्रे टिपर गत २०७८ चैत्र ११ गते उदयपुर जिल्लाको गलटार स्थित दुर्घटना भएको थियो ।  संचालक साहले कम्पनीमा ५७ लाख ५० हजारको निर्जीवन बीमा गराएका थिए । उनले भने, 'मैले बार्षिक ८१ हजार बीमा बापतको रकम कम्पनीलाई तिर्दै आईरहेको थिए । दुर्घटना भएको ४ महिना पनि नपुग्दै कम्पनीले सहज रुपमा दावी रकम भुक्तानी गरेकोमा खुसी व्यक्त गरे ।, कम्पनीले ६ बर्ष देखि लहानमा शाखा कार्यालय संचालन गर्दै आईरहेको शाखा प्रमुख सिंहले बताए । यस अबधिमा लहान शाखा मार्फत कम्पनीले ११ करोड ६१ लाखको ब्यपार गरेको छ भने ३ करोड ७६ लाखको बिमा बापतको दावी रकम भुक्तानी गरिसकेको छ , 'उनले भने।, कम्पनीले आफ्ना ग्राहकहरुलाई दावी भुक्तानीमा संवेदनशील रहँदै छिटोछरितो र सहजरुपमा भुक्तानी गर्दै आईरहेकोमा सबैको मन जित्न सफल भएको ग्राहकहरु बताउँछन्  ।

प्रतिक्रिया दिनुहोस

विगत दश वर्ष भित्र द ...

रहमुल लहान १४ कार्तिक । यहाँ पछिल्ला करिब दस वर्ष (लगभग आ.ब.२०७२/७३ पछि) भित्र नेपालमा शिक्षा, ...

श्री राजाजी तुलसीलाल ...

रासिन्द्र यादव सप्तरी कात्तिक १४  । सिस्वा/बेलही स्थित श्री राजाजी तुलसीलाल जोन्छे जनता माध्यमि ...

मन्त्री बब्लु गुप्ता ...

लहान, १३ कार्तिक । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले खेलमैदानको जग्गा खोजेर खेलकुदलाई व्यस्थित ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१