३ वर्ष पूरा हुदा पनि अल्पत्र छ शौचालय, प्रयोग नभएको टेबल/ घुम्ने कुर्सी

  • साउन १८, २०७९
  • १०३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी कृष्णनगर/ साउन १८ कृष्णनगर उधोग वाणिज्य संघ अध्यक्ष- राम कुमार कौलापुरी लगायत पदाधिकारी तथा कार्यकरणी सदस्य लगतै कार्यकाल पूरा भई सक्दा ३ वर्ष ३ महिना सकेको छ । ३ वर्ष पूरा हुदा पनि अल्पत्र छ शौचालय तथा ३५/३६ हजारको लागतले ल्याईयेको टेबल/ घुम्ने कुर्सी अहिले सम्मा प्रयोगमा ल्याउन सकेको छैन । ३ वर्ष पुर्व कृष्णनगर उ.वा.सं. को निवर्तमान अध्यक्ष- गुरु शरण सिंह को पालामा ल्याईयेको शौचालय अहिले सम्मा अलपत्र राखियेको छ । उक्त शौचालय करिब रु.५० हजारको लागतले बनेको कृष्णनगर उधोग वाणिज्य संघनामित सदस्य हाजी कलाम द्वारा ल्याइएको हो । त्यति बेला चुनावको प्रक्रिया सुरु भएकोले र निवर्तमान अध्यक्ष- गुरु शरण सिंह चुनाव हार्नु भएकोले शौचालय प्रयोगमा ल्याइएन । हाल अध्यक्ष- राम कुमार कौलापुरी चुनाव जितेका पनि र वहाँ को कार्याकाल पूरा हुनलागेका अहिले सम्मा त्यो शौचालय प्रयोगमा ल्याउन सकेको छैन किन होला ?

त्यति मात्र कहाँ हो र करिब रु. ३५/३६ हजारको लागतले किनेर ल्याइएको टेबल- घुम्ने कुर्सी अध्यक्ष- राम कुमार कौलापुरीले आफ्नो कार्यकालमा बिना जानकारी को किन्नु भएको कारण एक दिन पनि बस्ने मौका लागेन । विषेश जानकारीको आधारमा कृष्णनगर उधोग वाणिज्य संघको कोषाध्यक्ष- युवराज पोख्रेल (निर्विरोध) को अनुसार सबै पैसाको फन्डिंग भएमा संघको अधुरो काम सकिए पछि चुनाव प्रक्रियामा जाने भनेको रहेछ्न । भन्नाले करिब ६ महिना अझै बढ्ने छ चुनावी प्रक्रिया ? यो कुरा सही हो होईन फोनामा कुरा गर्दा कृष्णनगर उधोग वाणिज्य संगको कोषाध्यक्ष- युवराज पोख्रेल ज्युको भनाई - ``तपाईं एक-एक मान्छेको पाछि खै किन घुम्नु हुन्छ थाह भएन तर मा तपाईको हरेक प्रश्नको जवाब दिन सक्दिन´´ थियो । जिम्मेवार पदाधिकारी को जवाब यस्तै हुन्छ र ?

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१