३ वर्ष पूरा हुदा पनि अल्पत्र छ शौचालय, प्रयोग नभएको टेबल/ घुम्ने कुर्सी

  • साउन १८, २०७९
  • ८७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी कृष्णनगर/ साउन १८ कृष्णनगर उधोग वाणिज्य संघ अध्यक्ष- राम कुमार कौलापुरी लगायत पदाधिकारी तथा कार्यकरणी सदस्य लगतै कार्यकाल पूरा भई सक्दा ३ वर्ष ३ महिना सकेको छ । ३ वर्ष पूरा हुदा पनि अल्पत्र छ शौचालय तथा ३५/३६ हजारको लागतले ल्याईयेको टेबल/ घुम्ने कुर्सी अहिले सम्मा प्रयोगमा ल्याउन सकेको छैन । ३ वर्ष पुर्व कृष्णनगर उ.वा.सं. को निवर्तमान अध्यक्ष- गुरु शरण सिंह को पालामा ल्याईयेको शौचालय अहिले सम्मा अलपत्र राखियेको छ । उक्त शौचालय करिब रु.५० हजारको लागतले बनेको कृष्णनगर उधोग वाणिज्य संघनामित सदस्य हाजी कलाम द्वारा ल्याइएको हो । त्यति बेला चुनावको प्रक्रिया सुरु भएकोले र निवर्तमान अध्यक्ष- गुरु शरण सिंह चुनाव हार्नु भएकोले शौचालय प्रयोगमा ल्याइएन । हाल अध्यक्ष- राम कुमार कौलापुरी चुनाव जितेका पनि र वहाँ को कार्याकाल पूरा हुनलागेका अहिले सम्मा त्यो शौचालय प्रयोगमा ल्याउन सकेको छैन किन होला ?

त्यति मात्र कहाँ हो र करिब रु. ३५/३६ हजारको लागतले किनेर ल्याइएको टेबल- घुम्ने कुर्सी अध्यक्ष- राम कुमार कौलापुरीले आफ्नो कार्यकालमा बिना जानकारी को किन्नु भएको कारण एक दिन पनि बस्ने मौका लागेन । विषेश जानकारीको आधारमा कृष्णनगर उधोग वाणिज्य संघको कोषाध्यक्ष- युवराज पोख्रेल (निर्विरोध) को अनुसार सबै पैसाको फन्डिंग भएमा संघको अधुरो काम सकिए पछि चुनाव प्रक्रियामा जाने भनेको रहेछ्न । भन्नाले करिब ६ महिना अझै बढ्ने छ चुनावी प्रक्रिया ? यो कुरा सही हो होईन फोनामा कुरा गर्दा कृष्णनगर उधोग वाणिज्य संगको कोषाध्यक्ष- युवराज पोख्रेल ज्युको भनाई - ``तपाईं एक-एक मान्छेको पाछि खै किन घुम्नु हुन्छ थाह भएन तर मा तपाईको हरेक प्रश्नको जवाब दिन सक्दिन´´ थियो । जिम्मेवार पदाधिकारी को जवाब यस्तै हुन्छ र ?

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८। नवराजपुर गाउँपालिका वडा नं. २ का नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्व ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१