ताजा समाचार

मधेश सरकारद्वारा २३ उद्योग पुरस्कृत

  • साउन १७, २०७९
  • १०९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिमरा (बारा), साउन १७ । मधेश प्रदेशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिने २३ उद्योगलाई प्रदेश सरकारले पुरस्कृत गरेको छ ।मधेश प्रदेश सरकारले प्रदेशको आर्थिक वृद्धिमा भएको प्रगतिको पुनरावलोकन र अगामी सुधारको कार्यहरू बारे छलफल गर्न आयोजना गरेको औद्योगिक सम्मेलनमा उक्त पुरस्कार प्रदान गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सोमबार साँझ शुभारम्भ भएको मधेश प्रदेश औद्योगिक सम्मेलनमा प्रदेशमा रोजगार उपलब्ध गराउनुका साथै आर्थिक वृद्धिमा योगदान पुर्याउने २३ उद्योगलाई प्रदेश सरकारले पुरस्कृत गरेका छन ।

रोजगारी, सर्वोत्कृष्ट कर, कृषि र प्रविधिको क्षेत्रमा योगदान पुर्याएका उद्योगहरू लाई पुरस्कृत गर्दै मुख्यमन्त्री राउतले आर्थिक समृद्धिका साथै बेरोजगारी समस्या समाधान मा उद्योग क्षेत्रको योगदानको प्रशंसा गर्नु भयो । पुरस्कृत हुने उद्योगहरूमा त्रीवेणि स्पिनिङ, जय स्पिनिङ, एन पि ड्रग्स, गणपति बनस्पति , अन्नपूर्ण भेजेटेबल, नारायणी भेजेटेबल, सुर्या नेपाल , डाबर नेपाल, हिमालयन डिस्टिलरी, मारुती सिमेन्ट ,निम्बस ग्रुप, इन्दुशंकर चिनी उद्योग, कुश एग्रो इन्टरप्राइजेज, ओम शिव पेज, हुलास स्टिल, शिबशक्ती म्यानुफेक्चरिङ, आर सि ब्याट्री,महालक्ष्मी सोलमेन्ट एण्ड रिफाइनरी ,वर्ड्लिङ्क, ईन्टरनेट मार्केटिङ टुडे, जानकी टेक्नोलोजी ,सालिमार ग्रुप, जगदम्बा सिमेन्ट रहेका छन । 

सीप परियोजनाको सहकार्यमा जारी सम्मेलनमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, बेलायती राजदुत निकोला पोलिट, प्रमुख सचिव कृष्णबहादुर राउत सहित प्रदेशका करिव सय जना उद्योगपतिहरुको सहभागिता रहेको छ । बुधबार सम्म चल्ने सम्मेलनमा आर्थिक वृद्धिका लागि अगामी दिनमा चाल्नुपर्ने कदमहरु बारे समुहगत तथा सामुहिक छलफल गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤