ताजा समाचार

हिन्दू राष्ट्र घोषणाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • साउन १६, २०७९
  • १२६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगन्ज,१६ साउन: नेपाललाई पुन हिन्दू राष्ट्र घोषणा गर्न माग हिन्दू परिषद् नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । हिन्दू परिषदका केन्द्रीय अध्यक्ष सन्तोषानन्द जी महाराज नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ज्ञापन–पत्र बुझाएको हो । जातीय र धार्मिक आयोग खारेज गरिनुपर्ने, हरेक क्षेत्रमा क्षमतावानलाई प्राथमिकता दिइनुपर्ने, धर्म परिवर्तन पूर्णरुपमा बन्द गरिनुपर्ने एवं धर्म परिवर्तन गराउनेलाई १० वर्ष कैद एवं देश निकालाको व्यवस्था लागू गरिनुपर्ने, गौ हत्या एवं तस्करी पूर्णरुपमा बन्द गरिनुपर्ने, षड्यन्त्रपूर्वक बन्द गरिएको संस्कृत शिक्षा पुनः सञ्चालन गरिनुपर्ने र हरेक जिल्लामा एउटा गुरुकुल र गौशाला सरकारीस्तरबाटै स्थापना गरिनुपर्ने माग सहितको ज्ञापनपत्र बुझाइएको हो । टोलीमा हिन्दू परिषद नेपालका केन्द्रीय उपाध्यक्ष पिंकी महासेठ, महासचिव रामसोबित नायक, केन्द्रीय सदस्यहरु बिनोद कुर्मी, मनोज राउत, शत्रुधन साह, केन्द्रीय सल्लहकार बाँकेबिहारी प्रसाद, रौतहट जिल्ला प्रवक्ता अभिमन्यु पटेल, हिन्दूवादी अभियान्ता मनोज कलवार सहभागी रहेका थिए । परिषद्का अगुवाहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले भने, ‘तपाइँहरुको मागप्रति म गम्भीर छु र तपाईहरुको जायज माग हामी पूरा गर्छौं । कहाँ के गर्नु पर्छ भन्ने हामी सर्कुलर गर्छौं । तपाइँहरु निर्धक्क हुनुहोस् ।मधेशखबर बाट 

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤