Siraha Times
ताजा समाचार

सिराहाका १६ स्थानीय तहको बेरुजु पाँच अर्ब १३ करोड, सबैभन्दा बढी सिराहा नगरपालिकाको

  • साउन १६, २०७९
  • १७१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा जिल्लाका १६ पालिकाको बेरुजु रकम पाँच अर्बभन्दा बढी रहेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको स्थानीय तहको बेरुजुमा सिराहाका १६ पालिकाको अहिलेसम्मको बेरुजु रकम पाँच अर्ब १३ करोड २७ लाख ७३ हजार रहेको छ।सबैभन्दा बढी बेरुजु सिराहा नगरपालिकाको रहेको पाइएको छ। उक्त नगरपालिकाको बेरुजु ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ बेरुजु देखिएको महालेखाले जनाएको छ। सिराहा जिल्लामा सबैभन्दा कम बेरुजु भगवानपुर गाउँपालिकाको रहेको छ। आव ०७७/७८ सम्ममा भगवानपुरको कुल बेरुजु १० करोड ६७ लाख ५९ हजार रहेको छ।

आव ०७७/७८ मा थपियो एक अर्ब ७१ करोड बेरुजु
सिराहाका १७ मध्ये १६ स्थानीय तहमा आर्थिक वर्ष ०७७/७८ मा पौने २ अर्ब बेरुजु रकम थपिएको छ। महालेखाको प्रतिवेदनअनुसार जिल्लाका १६ स्थानीय तहमा आव ०७७/७८ मा एक अर्ब ७१ करोड ४३ लाख ९३ हजार रुपैयाँ बेरुजु थपिएको हो। सो आवमा सबैभन्दा बढी लहान नगरपालिकामा २५ करोड ८६ लाख १६ हजार र सबैभन्दा कम बरियारपट्टी गाउँपालिकामा तीन करोड ८ लाख २२ हजार रुपैयाँ बेरुजु थपिएको छ।

१५ करोड ९२ लाख असुली गर्नुपर्ने
महालेखाको प्रतिवेदनअनुसार सिराहाको १६ स्थानीय तहले कुल बेरुजुमध्ये करिब १६ करोड रुपैयाँ असुली गर्नुपर्नेछ। आव ०७७/७८ सम्ममा सिराहा जिल्लाका १६ स्थानीय तहले विभिन्न व्यक्ति, संस्था, उपभोक्ता समिति, निर्माण व्यवसायी, कर्मचारी, पदाधिकारीहरूबाट १५ करोड ९२ लाख ९५ हजार रुपैयाँ असुली गर्नुपर्न महालेखाले जनाएको छ। सबैभन्दा बढी असुली लहान नगरपालिकाले २ करोड ९३ लाख ५१ हजार गर्नुपर्ने छ। त्यसैगरी, मिर्चैया नगरपालिकाले २ करोड १८ लाख ६२ हजार, विष्णुपुर गाउँपालिकाले १ करोड १७ लाख ५८ हजार, कर्जन्हा नगरपालिकाले १ करोड १० लाख ५ हजार, सिराहा नगरपालिकाले ९६ लाख ४८ हजार र बरियारपट्टी गाउँपालिकाले ९० लाख ८८ हजार, लक्ष्मीपुर पतारी गाउँपालिकाले ७५ लाख ८७ हजार र सुखिपुर नगरपालिकाले ७२ लाख ६८ हजार रुपैयाँ असुली गर्नुपर्ने महालेखाले जनाएको छ । महालेखाले नवराजपुर गाउँपालिकाको प्रतिवेदन भने सार्वजनिक गरेको छैन। यो समाचार नया पत्रिका बाट लिएको हो 

प्रतिक्रिया दिनुहोस

करैयामाई गाउँपालिकाक ...

रौतहट , असार ५। बारा जिल्लाको करैयामाई गाउँपालिकाको १९औँ गाउँसभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ ...

प्रादेशिक अस्पताल सि ...

रहमुल, सिरहा, ५ असार । प्रादेशिक अस्पताल सिरहाको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत ...

कटहरियामा कुपोषण मुक ...

रामअधार प्रसाद यादव, रौतहट,५ असार । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१